शहीद लखन थापा मगरलाई राज्यले सम्मान गर्न नसकेको गुनासो
विभूति घोषणाको माग


फागुन २ गते । राणाकालिन व्यवस्थाविरुद्ध लागेका कारण लखन थापामगरलाई तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाको पालामा फांसी दिईएको थियो । वि.स.१९३३ साल फागुन २ गते गोर्खामा खिर्राको रुखमा झुण्डाएर फांसी दिईएको ईतिहांस साक्षी छ ।

मुलुकमा प्रजातन्त्र ल्याउन राणासाशनविरुद्द संगठित रुपमा लागेकै कारण वीरगति प्राप्त गरेका शहीद लखन थापामगरलाई राज्यले अपमान गरेको आदिवासी जनजातीहरुले आरोप लगाउंदै आएका छन् ।
शहीद लखन थापा मगरको १ सय ४८ औं स्मृति दिवसको अवसरमा शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा बोल्ने सहभागि वक्ताले प्रथम शहीदलाई राज्यले अपमान गरेको बताउंदै सम्मानका साथ राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका हुन् । शहीद लखन थापा मगरलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्न माग उनीहरुले सरकारसंग माग गरेका छन् ।


oppo_2
नेपाल मगर संघ केन्द्रीय समितिका सहअध्यक्ष दलबहादुर वीरकट्टा मगरले राज्यले प्रथम शहीद मात्रै घोषणा गरेर मात्रै नपुग्नै बताउंदै सम्मान भन्दा अपमान गरिएको भन्दै सरकारको आलोचना गरे ।
लखन थापामगर अक्षयकोष २०५६ रुपन्देही र नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीको संयुक्त आयोजनामा भएको कार्यक्रम भएको हो ।
उनले शहीद लखन थापामगरको शालिक काठमाडौंमा रहेको शहीद गेटमा अनावरण गर्नुपर्ने, मध्यपहाडी लोकमार्गको नाम शहीद लखन थापाको नामबाट नामाकरण गर्नुपर्ने बताए ।
बुटवल उपमहानगारपालिकाका प्रमुख खेलराज पाण्डेयले शहीदलाई सदासदा सम्मान गर्नुपर्ने बताउंदै स्थानीय सरकारको तर्फबाट शहीदको अपमान हुन नदिने बताए । शहीदले देखाएको बाटोलाई सबैले आत्मसाथ गर्नुपर्ने बताउंदै शहीदहरुकोे वलिदानका कारण आज हामी यो अवस्थामा आएको नगर प्रमुख पाण्डेयले बताए ।
कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज धनी आले, नेपाल मगर शिक्षक संघका केन्द्रीय महासचिव सूर्यविक्रम राना, संघका लुम्विनी प्रदेश बरिष्ठ उपाध्यक्ष जनक थापामगर, संघका तिलोत्तमा नगर अध्यक्ष लीलमाया रानामगर लगायतले बोल्दै शहीद लखन थापा मगरलाई उचित सम्मान दिन सरकारसंग माग गरेका छन् ।
लखन थापामगर अक्षयकोष २०५६ रुपन्देहीका अध्यक्ष थर्कबहादुर बारघरे मगरको अध्यक्षता, संघका उपाध्यक्ष टेक बहादुर रेस्मीमगरको स्वागत र सचिव राधिका श्रीसको सञ्चालनमा कार्यक्रम भएको थियो ।























