कम्युनिष्टहरुले धरातल छोडको लेखक तथा साहित्यकारहरुको चिन्ता

श्यामलाल पोखरेल
बुटवल, फागुन ३ गते । कम्युनिष्टहरुले आफ्नो स्थापनमा धरातल छोडको लेखक तथा साहित्यकारहरुको चिन्ता गरेका छन् । प्रलेसमा आवद्द लेखक तथा साहित्यकारहरुले धरातल छाडेर लिग बाहिर जान थालेका कम्युनिष्ट घटकहरुलाई प्रलेसले खबरदारी गरेर ठिक ठाउंमा लइाउनु पर्ने उनीहरुको साझा भनाइ छ ।

प्रगतिशील लेखक संघलाई साझा मोर्चाको रुपमा बचाउनु पर्ने बताउंदै उनीहरुले एउटो कम्युनिष्ट पार्टी फुटेर २९ वटा घटकमा विभाजित भएकोप्रति चिन्ता व्यक्त गरे । उनीहरुले प्रलेसलाई भात्रृ संगठनको रुपमा फुटाउन दिन नहुने बताए ।


प्रगतिशील लेखक संघ रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न १० औं जिल्ला अधिवेशनमा बोल्ने साहित्य स्रष्टाहरुले कम्युनिष्टहरुले प्रगतिवादी आन्दोलनलाई सही ढंडले अगाडी बढाउन नसकेको गुनासो गरे । उनीहरुले कम्युनिष्ट पार्टीहरुमा सामान्तवादी चरित्र कायमै रहेको र पार्टी स्थापनाको मुल उद्देश्यबाट बिचल्ति भएकाले प्रलेसले खबरदारी गर्नुपर्ने अवस्था आएको बताए ।

कम्युनिष्टहरुले आफ्नो धरातल छोडेर शक्ति र सत्ताको पछाडी लाग्दा प्रगतीवादी आन्दोलन कमजोर हुनुका साथै मुलुकको राष्ट्यिता कमजोर भैसकेकाले प्रलेसको भूमिका बढेको तर्क गरे ।

कार्यक्रममा बोल्दै प्रगतिशील लेखक संघ, नेपालका केन्द्रिय उपाध्यक्ष प्राज्ञ नमुना शर्माले समाज रुपान्त्रणमा प्रगतिशील लेखक संघको महत्वपूर्ण योगदान रहेको बताउंदै मुलुकमा भएको परिवर्तनका लागि लेखकीय भूमिकाले काम गरेको बताइन । उनले अन्याय, अत्याचार, कुसंस्कार, भ्रष्ट्चार तथा बेथितिबिरुद्द प्रलेसलाई साझा मोर्चा बनाउनु पर्नेमा जोड दिइन ।

प्रगतिशील लेखक संघ, नेपालका सचिव दलबहादुर गुरुडंले छरिएर रहेका सबै कम्युनिष्ट पार्टीलाई एउटै छानामूनी ल्याउने गरी प्रलेसले पहल गर्नुपर्ने बताए । एउटो कम्युनिष्ट पार्टी २९ चिरा हुनु हाम्रो र देशका लागि बिडम्वना हो भन्दै उनले भने प्रलेसलाई मजबुत बनाउनु पर्छ ।

राष्ट्रिय जनमोर्चाका नेता उपप्रध्यापक लिलाबहादुर केसीले सामन्तबाद, साम्राज्यबाद, दलाल पूंजीवाद, कुसंस्कार, बेथिति, अन्धविश्वास, विभेद, अन्याय अत्याचार, असमानताको विरुद्द र राष्ट्यिताको पक्षमा प्रलेसको माध्यमबाट प्रगतिबादी साहित्य लेखन आन्दोलनलाई सशक्त रुपमा अगाडी बढाउनु पर्ने बताए ।

एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले कम्युनिष्ट पार्टीहरुमा सांस्कृतिक विचलन आउन नदिनका लागि प्रलेसलाई बलियो बनाउन पर्ने बताउंदै धेरै चिरामा विभाजित कम्युनिष्ट घटकहरुलाई खबरदारी गर्नपर्नेमा जोड दिए ।

नेकपा मआवादी केन्द्रका नेता सुजित विकले अन्या, अत्याचार, विभेद र असमानताको बिरुद्द प्रलेसलाई एकतावद्द गर्नुपर्ने र त्यसका लागि माओवादी केन्द्रले प्रलेसलाई साथ दिने प्रतिबद्दता जनाए ।

कवि रामचन्द्र भट्राईले नेपालको कम्युनिष्ट आन्दोलन धरापमा परेको चिन्ता व्यक्त गर्दै हामीले सर्मथन गर्ने दलहरुलाई खबरदारी गर्नुपर्ने बताए ।
लेखक दिल साहानीले दलहरु छुट्एिपनि लेखकहरु छुट्नि नसकिने र नमिल्ने बताउंदै प्रलेसलाई सक्रिय बनाउनु पर्नेमा जोड दिए ।
प्राज्ञ बुंद रानाले कम्युनिष्टहरु बिग्रिदै गएको उल्लेख गर्दै आफ्नो धरातल छोडिसकेका कम्युनिष्टहरुलाई सही ठाउंमा ल्याउन प्रलेसको लेखकीय भूमिकालाई बढाउनु पर्छ भने ।

कार्यक्रममा लेखक तथा साहित्यकार डा. कपिलदेव लामिछाने, बालकृष्ण भट्राई, झपेन्द्र जीसी, डाक्टर अजित खनालले सामाजिक रुपान्त्रणसंगै समाजमा सांस्कृतिक रुपमान्त्रण आवश्यक रहेको बताए ।

प्रलेस रुपन्देही अध्यक्ष कवि कविराज पौडेलको अध्यक्षता, उपाध्यक्ष श्यामलाल पोखरेलको स्वागत र सचिव कृष्ण गाउंलेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रलेस रुपन्देही पूर्व अध्यक्ष प्रदीप प्रधानले आफ्ना स्व. बुवाआमा ज्योतिमान र बुद्दिकुमारी प्रधानको स्मृतिमा स्थापना अक्षय कोषबाट प्रलेस रुपन्देहीका पूर्व अध्यक्ष देवेन्द्र घिमिरेलाई प्रलेस सम्मान प्रदान गरिएको छ । प्रलेस रुपन्देहीले प्रकाशन गरेको प्रलेस मुखपत्र लेखक तथा साहित्यकारहरुले संयुक्त रुपमा विमोचन गरेका थिए ।

उक्त १० औं अधिवेशनले कृष्ण गाउंले अध्यक्ष रहेको प्रलेस रुपन्देही गठन गरेको छ । सर्वसम्वत रुपमा नयां नेतृत्व चयन गरिएको निर्वाचन समितिका संयोजक डा. मुरारि पराजुलीले जानकारी गराए ।

जसको उपाध्यक्ष हिरालाल धामी, सवास रिजाल र ज्ञानु केसी रहेका छन् । त्यस्तै सचिवमा यज्ञलाल सुवेदी, सहसचिव गीतारानी बलाल र कोषाध्यक्षमा टेकराज भुसाल निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरूमा माधवकुमार पौडेल, हुमराज भुसाल, सरु ज्ञवाली, सागर के.सी., बेनप्रसाद थापा, जीवन पाण्डे, नरबहादुर घर्ती, दुर्गालाल तिवारी, सुरज दीपशिखा, सुनिता चुँदाली, हीरा शर्मा, शारदा पाण्डे, कमला बञ्जाडे र दुर्गादेवी थापा निर्वाचित भएका छन् ।

प्रलेस रुपन्देहीको अक्षयकोष निर्माणका लागि कृष्ण गाउंलेल, ५ हजार, हिरालाल धामीले ५ हजार, बुद रानाले १० हजार, ज्ञलाल सुवेदीले ५ हजार, दलबहादुर गुरुगंले ५ हजार, कपिलदेव लामिछानेले ५ हजार, ऋषि आजादले ५ हजार, नारायण प्रसादपन्थले ११ हजार एक सय ११, रुद्र शर्मा दुखीले ५ हजार, हरि ज्ञवालीले ५ हजार, डाकटर अजित खनालले ५ हजार, सिता काफ्लेले ५ हजार एक सय, गणेश घिमिरले ५ हजार र कबिराज पौडेल रु ५ हजार आर्थिक सहयोग गरेका छन् ।

नवनिर्वाचित अध्यष कृष्ण गाउंलेले रु ५ लाखको अक्षयकोष स्थापना गर्ने प्रतिवद्दता जनाएपछि मञ्चबाटै ८० हजार संकलन भएको छ ।