रुपन्देहीको मायांदेवीमा गोलीहानी एक पुरुषको हत्या

बुटवल, फागुन १७ गते । रुपन्देहीको मायांदेवी गाउंपालिका डङ्गचाहावाका एक पुरुषलाई गोलीहानी हत्या गरिएको छ ।
मायादेवी गाउँपालिका वडा न.२ डङ्गचाहावाका अन्दाजी २९ वर्षिय राजु राकेशसिंह लोधलाई घरमै गोलीहानी हत्या गरिएको स्थानीयले बताएका छन् ।
मतक लोधको टाउँकोमा गोली हानिएको घटनास्थलका प्रत्यक्षदर्शीले बताएका छन् । प्रत्यक्षदर्शी स्थानीयका अनुसार दाजुभाइबीच जग्गाको विषयमा विवाद भएको बताईएको छ । जग्गाको विवादका कारण मृतक लोधकै दाईले घटना घटाएको हुन सक्ने स्थानीयले आसंका गरेका छन् ।
मृतकका दाई राजु लोध गयरातीदेखि फरार रहेकाले दाईले नै हत्या गरेको केही स्थानीयले दाबीका साथ आरोप लगाएका छन् ।
घटनाबारे प्रहरीले आज शनिबार बिहान मात्रै थाहा पाएको थियो । थाहा ापाएपछि घटनास्थलमा पुगेको प्रहरी टोलिले अहिले अनुसन्धान शुरु गरेको बताएको छ ।
लेधको हत्या गयराती हत्या भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले बताएको छ ।