आपसी लगडाईले कांग्रेस कमजोर – शेखर कोइराला
शेखरलाई साथ दिने खांणको संकेत


बुटवल, फागुन १८ गते । कांगे्रस नेता डा. शेखर कोइरालाले कांगे्रसको आपसी लडाईले कांग्रेसलाई कमजोर बनाएको बताएका छन् । उनले कम्युनिष्ट, राप्रपा लगायत अन्य दलहरुसंग लड्नेबेला कांगे्रस भित्रको आपसी लडाईले कांगे्रस कमजोर भएको स्वीकारदै यसबाट कांगे्रसलाई मुक्त गर्नुपर्छ भने ।

नेपाली कांगे्रस सूचना तथा सञ्चार विभागले आइतबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले आपसी लडाईले कमजोर देखिएपनि कांग्रेस कमजोर नहुने बताए ।
एक्लै चुनाब लड्न र देश चलाउन कांग्रेसले अब तित्कता पालेर कांगे्रस अगाडी बढ्न नसक्ने बताउंदै एकतावद्द गर्नुपर्नेमा जोड दिए ।
देश बनाउन नीति परिवर्तन गरेर सुशासन ल्याउनु पर्ने बताउंदै नेपाल बनाउन अठोप चाहिन्छ र युवाहरुलाई उद्येमी बनाउनु पर्छ भने ।

उनले राष्ट्रियता, प्रजातन्त्र र समाजबाद कांग्रेसले नछोडेको बताउंदै राष्ट्रियता, लोकतन्त्रको पहरेदार कांगे्रस भएकाले कांग्रेसलेबाहेक अरुले देश बनाउन सक्दैन भने । कांगे्रसको आगमी महाधिवेशनमा सभापतिमा उठ्ने तयारीमा जुटेका नेता शेखर कोइरालाले महाधिवेशनबारे भने केही बोलेनन् ।
कांग्रेस नेता तथा वूर्व गृहमन्त्री बालकृष्ण खांणले जसले देश चलाउन सक्छ अब त्यसैलाई साथ दिने सार्वजनिक गर्दै पढ्न सकिएन डाक्टर हुन सकिएन डाक्टरको साथमा रहिन्छ भने । 
कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिने नेता बालकृष्ण खांणले देश चलाउन सक्नेलाई साथ दिने बताउंदै घुमाउरो पारमा अब डाक्टर शेखर कोइरालालाई साथ दिने संकेत गरे ।
२०४८ सालदेखि लगातार ७ पटक चुनाब जित्ने नेता नेपालमा एक मात्रै नेता शेरबहादुर देउवा भएको बताउंदै पार्टी सभापति देउवालाई महाधिवेशनसम्म साथ दिने र त्यसपछि शेखर कोइरालाई साथ दिने संकेत गरे खांणले ।
उनले पार्टीको महाधिवेशन विधान अनुसार समयमै हुने दाबी गर्दै कांगे्रस, कांगे्रसको मात्रै अभिभावक नभएर सबै पार्टीको अभिभावक हो भने ।
कांगे्रसले व्यवस्थापनमा भारी सुधार गर्नुपर्ने बताउंदै कांगे्रसको विकल्प कोही नभएको दाबी गर्दै संविधान संकटमा परेकाले कांगे्रसले निकास दिन दाबी गरे ।
उक्त कार्यक्रममा नेता मिनेन्द्र परिजाल, कांगे्रस सहमहामन्त्री जीवन परियार, नैनसिंह महर, पुष्पा भुसाल, राजु खनाल, मिन विश्वकर्मा, गंगा शाही, भुवन श्रेष्ठ, खेलराज पाण्डेय लगायतका नेताहरुले आआफ्नो भनाइ राखेका थिए ।
कमला पाण्डेयको अधयक्षतमा कार्यक्रम भएको थियो ।























