प्रचण्डको क्रियाकलापले कांग्रेस , एमालेको सरकार

बुटवल, फागुन १९ गते । नेपाली कांग्रेसका  सहमहामन्त्री मिन विश्वकर्माले कांग्रेसमा अब नयां नेतृत्वको जन्म हुने बताएका छन् । कांग्रेसको विधानले शेरबहादुर देउवालाई अब सभापति हुन नदिने भएकाले पार्टीमा नयां नेतृत्व आउने बताए ।

रिपोर्टर्स क्लव लुम्बिनीले सोमबमार बुटवलमा आयोजना गरेको साक्षत्कारमा बोल्दै उनले देउवा सफल र असल सभापति भएको दाबी गरे । अब पार्टीमा कसलाई नेतृत्वमा ल्याउने त्यो विषयमा छलफल शुरु भएको छैन छन् ।

अहिलेकै अवस्थामा अध्यादेश पास नहुने उल्लेख गर्दै अध्यादेश ल्याउन कांग्रेसको सहमती भएपनि प्रधानमन्त्रीले हतारमा ल्याएको आरोप लगाए । सरकारले अध्यादेश ल्याउने संवैधानिक अधिकार भएपनि हतारमा ल्याउन नहुने बताउंदै उनले भने – अध्यादेश ६० दिन भित्र संसदबाट पास हुनुपर्ने र पास हुने सम्भावना नभए संसदमा पेश हुदैन । उनले अध्यादेश पास हुन नसक्ने संकेत गरे ।

अहिलेको सरकार कुनै रहर इच्छाले नबनेको उल्लेख गर्दै माओवादी अध्यक्षले बनाईदिएको बताउंदै प्रचण्डको क्रियाकलापले कांगे्रस, एमालेको सहमतीमा सरकार बनेको दाबी गरे ।

बैदेशिक सहयोग ट्रम्पको धेरै चुरीफुरी बढेको र ट्रम्पले विश्वलाई अस्थिरतातर्फ लान खोजेको बताए । रिपोर्टर्स क्लव लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षततामा कार्यक्रम भएको थियो ।