बाग्लुङको सर्वोदय क्याम्पसमा अखिल छैठौंको प्यानल निर्वाचित


दिपेन्द्र परियार
बाग्लुङको बरेङ बजारको सर्वोदय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल छैठौंको प्यानलै विजयी भएको छ । मंगलवार सम्पन्न निर्वाचनमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन छैठौंको प्यानल निर्विरोध निर्वाचन भएको हो ।

सर्वोदय क्याम्पस स्ववियु निर्वाचन संयोजक ओम पुनले अखिल छैठौको प्यानल निर्विरोध निर्वाचित भएको पुष्टि गरेका छन् ।
क्याम्पस स्ववियु सभापतिमा मोहराज पौडेल‚ उपाध्यक्ष कला शर्मा‚ सचिवमा गोमा शर्मा‚ सहसचिवमा भिम बहादुर छन्त्याल‚ कोषाध्यक्ष हेमन्तकुमार ढकाल निर्विरोध निर्वाचित भएका हुन् ।त्यस्तै सदस्यहरुमा प्रमिला थापा, सिजन थापा, लोकनाथ ढकाल, रेखा थापा, आयुशा बस्याल र कमला शर्मा निर्वाचित भए ।
मंगलबार नै निर्वाचित पदाधिकारी र सदस्यहरुलाई निर्वाचन संयोजक ओमबहादुर पुनले सपथ ग्रहण तथा प्रमाण पत्र प्रदान गरेका छन् ।
निर्वाचित पदाधिकारीलाई एक कार्यक्रमको आयोजना गरी सफथ ग्रहण तथा प्रमाण पत्र प्रदान गरिएको हो । सर्वोदय क्याम्पस सञ्चालक समिति अध्यक्ष केहरसिंङ पुनको अध्यक्षता, निर्वाचन समितिका सदस्य शिक्षक खिमबहादुर पुनको स्वागत र शिक्षक पर्शुराम शर्माको सञ्चालनमा कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा बोल्दै बरेङ गाउँपालिका वडा नम्बर १ का अध्यक्ष नरसेङ पुन, भृकुटी माध्यमिक विद्यालयका शिक्षक खिमबहादुर बहादुर पुन, सर्वोदय माध्यमिक विद्यालयका निर्वतमान अध्यक्ष हिराबहादुर पुन‚ सर्वोदय क्याम्पस प्रमुख फुलकुमारी शर्मा लगायतले शुभकामना व्यक्त गर्दै बधाई ज्ञापन गरेका छन् ।
नवनिर्वाचित स्ववियु सभापति पौडेलले आफ्नो कार्यकालमा क्याम्पस र विद्यार्थीको हक हितको पक्षमा सबैसंग मिलेर काम गर्ने प्रतिवद्दता जनाएका छन् ।























