कुलमानको पक्षमा प्रदर्शन

बुटवल, चैत १२ गते । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गरेपछि सरकारको बिरोधमा प्रदर्शन गरिएको छ ।

सरकारले कुलामानलाई हटाउनु गलत भएको भन्दै पुन ः वहालीको माग गर्दै काठमाण्डौमा प्रर्दशन गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई हटाउने निर्णय गरेको थियो ।

काठमाण्डौमा प्रदर्शनकारीहरुले ‘लोडसेडिङ चाइँदैन, कुलमान हटाउन पाइँदैन्’,‘मन्त्रिपरिषद्को निरंकुश र भ्रष्ट निर्णय खारेज गर’ भन्दै विरोध प्रदर्शनमा उत्रेका हुन् । सरकारले भ्रष्टाचार गर्न नपाएपछि अध्यारो हटाएर उज्यालो दिएका कुलमानलाई हटाईएको भन्दै सरकारविरुद्व नारावाजी गर्दै काठमाण्डौमा प्रदर्शन गरिएको छ ।