रहेनन् जनप्रतिनिधि पाठक

बुटवल । तिलोत्तमा नगरपालिका वडा न-२ का जनप्रतिनिधि खेमराज रामकृष्ण पाठकको सवारी दुर्घटनामा ज्यान गएको छ । जानकीनगरबाट बुटवल जाने क्रममा राजमार्ग चौराहमा भएको दुर्घटनामा परी ज्यान गएको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न-२ का वडा सदस्य पाठकले चलाएको लु ३६प ८४४८ नम्बरको मोटरसाईकल आज (बुधवार) दिउँसो साढे ३ बजे पाठक आफैंले चलाएको लु ३६प ८४४८ नम्बरको मोटरसाईकल र बा ०१०३१च ५००२ नम्बरको कार ठोक्किदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका पाठकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।