सिद्वार्थनगर बन्यो देशभर उत्कृष्ट नगर

श्यामलाल पोखरेल
बुटवल, चैत १५ गते । रुपन्देहीको सिद्वाथ्नगर नगरपालिका देशभरकै नगरपालिका मध्ये उत्कृष्ट नगरपालिका बनेको छ । नेपाल नगरपालिका संघले कामको आधारमा गरेको मुल्याकंनबाट सिद्वार्थनगर नगरपालिका उत्कृष्ट बनेको हो ।

नेपाल नगरपालिका संघका अनुसार सिद्वार्थनगर नगरपालिकाले देशभरका नगरपालिकाहरुलाई पछिपार्दै ८५ प्रतिशत अंक प्राप्त गरेको हो । कार्यसम्पादनका सूचकको आधारमा संघले मुल्याकंन गर्ने गर्दछ । नेपाल नगरपालिका संघले आर्थिक वर्ष २०८०–०८१ मा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै सिद्धार्थनगर नगरपालिकालाई पुरस्कृत गरेको हो ।

सहरी योजना योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा अरु नगरपालिकाले भन्दा कार्यसम्पादन राम्रो गरेकाले उत्कृष्ट नगरको रुपमा पुरस्कृत गरिएको नेपाल नगरपालिका संघले बताएको छ । सहरी योजना, यातायात व्यवस्थापन र खानेपानीमा सिद्वार्थनगर नगरपालिकाले उत्कृष्ट कार्यसम्पादन गरेको छ ।

नेपाल नगरपालिका संघले ३२ औं स्थापना दिवको अवसरमा काठमाण्डौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्वार्थनगर नगर प्रमुख इश्तियाक अहमद् खां र उपप्रमुख उमा अधिकारीलाई उत्कृष्टनताको पुरस्कारबाट सम्मान गरेका हुन् ।

नेपाल नगरपालिका संघले कार्यसम्पादनमा उत्कृष्ट नगरपालिकालाई प्रत्येक वर्ष पुरस्कृत गर्ने गर्दछ र यसवर्ष संघले सिद्वार्थनगर नगरपालिकालाई पुरस्कृत गरेको हो ।

कार्यसम्पादनमा उत्कृष्ट हासिल गरेर पुरस्कृत हंदा खुशी लागेको सिद्वाथ्नगर नगरपालिका नगर प्रमुख इश्तियाम अहमद् खांले बताए । उनले म लगायत सबै जनप्रतिनिधि र कर्मचारीहरुको मिहेनतले उत्कृष्टता हासिल गरिएको हो भने । नगरवासीप्रति अझै जवाफदेशी भएर काम गर्ने बताउंदै नगर प्रमुख म गर्ने र खांले भने काम गर्ने हौसला मिलेको छ । हामी आउने वर्ष झनै राम्रो काम गर्ने उनले प्रतिवद्वता जनाए ।

नगर उपप्रमुख उमा अधिकारीले आगमी दिनमा सबै क्षेत्रका सबै सूचांकहरुमा कार्यसम्पादन उत्कृष्ट गर्ने गरी काम गर्ने बताइन छ । उत्कृष्ट भएको पुरस्कारले काम गर्नका लागि हौसला बढाएको र फेरी पनि उत्कृष्ट हुने गरी काम गर्ने छौ उनले भनिन् ।
सिद्वार्थनगर नगरपालिकाले बजारदेखि भित्री वस्तीमा ईरिक्साले समस्या पारेको भन्दै ईरिक्साको उचित व्यवस्थापन गर्ने गरी काम थालेको छ ।

त्यस्तै सिद्वार्थनगर नगरपालिकाले भैरहवामा रहेको कारागार स्तान्त्रण गर्ने योजना बनाएको छ । समयको माग अनुसार कारागारको स्तरउन्नती गर्नुपर्ने र त्यसका लागि स्तान्त्रण गरी व्यवस्थित बनाउने गरी सरकारसंग पहल कदमी गरेको नगर प्रमुख इश्तियाक अहमद् खांले बताए ।
रोहिणी गाउंपालिकामा डम्पिङसाइड बनाउनका लागि छुट्टाईएको ६ विघा जग्गामा स्थानीयले बनाउन नहुने भन्दै बिरोध गरेकाले उक्त जग्गामा कारागार बनाउनका लागि गृहमन्त्रीमार्फत सरकारलाई प्रस्ताव गरिएको नगर प्रमुख खांले बताए ।

मेयर आवास कार्यक्रम अन्तरगत सिद्धार्थनगर नगरपालिकाले घर निमार्ण गरिरहेको छ । चालु आर्थिक बर्षमा ७ परिवारका लागि घर निमार्ण हुदै छन् ।
गौतमबुद्वको जन्मस्थल र भारतसंग सीमा जोडिएको सिद्वार्थनगर नगरपालिकाले सम्भावित नगर।पालिकाको रुपमा मानिन्छ । वि.सं. २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायतको नामबाट स्थापना भएको हो । हालको नगरपालिका तत्कालीन श्री ५ को सरकारद्वारा १० हजार ७ जनसंख्या भएको क्षेत्रलाई २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायतको नामबाट स्थापना गरिएको थियो ।