शोविशन र किरणको नवौ स्मृतिमा मानव सेवालाई आर्थिक सहयोग

बुटवल, चैत २१ गते । शोभिसन, किरण स्मृति फाउण्डेशनले मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ । रुपन्देहीको तिलोत्तमा नगररपालिका वडा नम्बर ६ मा सञ्चालित मानव सेवा आश्रममा आश्रितहरुका लागि फाउण्डेशनले आथिएक सहयोग गरेको हो ।

अल्पआयुमै र्मतयुवरण गरेका स्व. शोविशन र किरणको नवौ स्मृति दिवसमा फाउण्डेशनले मानव सेवा आश्रमलाई रु ११ हजार १ सय रुपैयां आर्थिक सहयोग गरेको हो । मानव सेवा आश्रममा बिहीबार कार्यक्रमको आयोजना गरी फाउण्डेशनले आर्थिक सहयोग गरेको हो ।
२०७२ चैत्र २० र २१ गते अल्पआयुमै मृत्युवरण गरेका स्व. शोविशन र किरण पाण्डेको स्मृतिमा आर्थिक सहयोग गरिएको शोभिसन, किरण स्मृति फाउण्डेशन अध्यक्ष धनबहादुर गुरुङले बताए ।

हास्यव्यङग्य कलाकार विष्णु जी पाण्डे माईला बा र शोभा पाण्डेयका दुवैछोरा शोविशन र किरणको एक दिनको फरकमा उपचारको क्रममा मृत्यु भएको थियो । सबैको मन छुने अकल्पनीय घटना घटेपछि कलाकार र पत्रकारहरुको सक्रियतामा धनबहादुर गुरुङ अध्यक्ष रहेको शोविशन, किरण फाउण्डेशन गठन गरिएको थियो ।

२०७२ साल चैत २० गते शोविशन र २१ गते किरणको अकल्पनीय मृत्यु भएको थियो । स्व. शोविशन दाई थिए, भने किरण भाई हुन् ।
शोविसनको तातो दुधमा परेर जलेपछि काठमाण्डौमा उपचारको क्रममा निधन भएको हो । त्यस्तै भाई किरणको निमोनियका कारण दाईको निधन भएको एक दिनपछि निधन भएको थियो ।

शोविसनको जलेर मृत्यु भएपछि शोभिसन, किरण स्मृति फाउण्डेशनले वर्नर अस्पताल स्थापना गर्ने योजना बनाएको छ । अहिले आर्थिक मन्दीका कारण समस्या परेपनि भविश्यमा वर्न अस्पताल स्थापना गर्नुपर्ने फाउण्डेशनका सल्लाहकार डिल्लीनारायण पाण्डेयले बताए । शोविसन, किरणको स्मृतिमा चित्रकला प्रतियोगिता आयोजना गर्ने सल्लाहकार पाण्डेयले बताउंदे उक्त चित्रकला प्रतियोगिताका लागि कलाकारसमेत रहेका पाण्डेयले रु ५ हजार आर्थिक सहयोग गरेका छन् ।

फाउण्डेशनका रुकु पाण्डेयको सञ्चालनमा भएको कार्यक्रममा फाउण्डेशनका संरक्षक विष्णु जी पाण्डेय, प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीका पूर्व अध्यक्ष दिपक कार्की, लोकदोहोरी कलाकार शिलु भट्टराईलगायतको सहभागितामा कार्यक्रम भएको थियो ।