वनबाटिका निर्वाचन मतगणनाः अध्यक्षमा गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवारको अग्रता


बुटवल । तिलोत्तमा नगरपालिका वडा न.१ र २ मा रहेको शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र वनबाटिकाको चौथो अधिवेशनमा भएको निर्वाचन आज (शुक्रवार) दिउँसो पौने २ बजे सकिएको छ ।

विहान आठ बजेदेखि शुरु भएको मतदान दिउँसो सकिएको हो । आजीवन र साधारण गरी सात सय ७५ जना सदस्य भएको मतदानमा छ सय ६१ जनाले मतदान गरे भने, एकसय १४ जना अनुउपस्थित रहेका निर्वाचन समिति प्रमुख मोहन चापागाँईले बताए ।
निर्वाचन समिति प्रमुख चापागाँईका अनुसार साढे २ बजेदेखि मतगणना शुरु गरिएको र अहिले मतपत्र गन्ने काम भइरहेको जनाए । यो समाचार तयार पार्दा बेलुका ६ बजेर २६ मिनेटमा तीन सय मतपत्र गणना गर्दा अध्यक्षमा स्वतन्त्र उम्मेदवार खिमलाल पाण्डे ५८ मतले अग्रता लिएको बताईएको छ ।
























