राजमो दाङका अध्यक्ष गणेशको उम्मेदवारी केका लागि ?

१) नेपालको संविधान २०७२ भित्र बसेर नेपाली जनताको हित अनुकुल कानुन बनाउने क्षमता र दक्षता राख्ने भएकोले !
२) नेपाली राजनीतिक आन्दोलन, कानुन र सरकारको मुख्य कमजोरी र त्यसमा सुधार गर्ने कुरामा दक्षता राख्ने भएकोले ।
३) एकेडेमीक हिसाबले पनि राजनीति सास्त्रको बिद्यार्थी भएको र त्यसका समग्र पाटोलाइ गहिरो गरी बुझेको हुनाले ।

४) दाङ निर्बाचन क्षेत्र नम्बर १ मा यहाको आधारभुत जनताको प्रतिनिधित्व गर्नको लागि केहि पुराना टेस्टेड तथा जनताले अस्वीकृत गरेका र केहि त्यहि पुरानो समस्यालाइ झन सस्थागत गर्ने खालका भएकोले मेरो उम्मेदवारी अपरीहार्य भएको हुनाले ।
५) अहिले नागरिकमा चरम निराशा र बिदेश पलायन बढिरहेको छ । त्यसको कारण नबउदारबादि अर्थनीति र दलालपुजीवादी राज्यब्यबस्था हो । त्यसैले त्यसका विरुद्धमा जनतालाइ सचेत र संगठित गराउदै समाजबादको आधार तयार गर्नको लागि ।

६) संघीयताको प्रदेश संरचनाका कारण देश आर्थिक रुपमा ग्रे लिस्टमा जादैछ । २८ खर्ब वैदेशिक ऋण पुगि सकेको छ , त्यसैले प्रदेश संरचना खारेज गरी त्यहा लाग्ने बजेट शिक्षा , स्वास्थ्य र रोजगारी वृद्धिमा लगाउने संबैधानिक ब्यबस्था गर्न जरुरी छ । त्यो अरु कसैबाट सम्भब नभएकोले ।

७) सबै दल र उम्मेदवारहरु धरातलीय यथार्थ भन्दा पनि केबल चुनाब जित्न र सत्तामा जान जे जे जनघात र राष्ट्रघात गर्न पनि तयार भएको कुरा ऐतिहासिक रुपमा प्रमाणित भएको छ । त्यसैले त्यो प्रवृत्तिको अन्त्य गर्न र धरातलीय यथार्थता स्थापित गर्न जरुरी भएकोले ।
८) दाङ देउखुरीको स्थाइ बासिन्दा भएको र करिब २५ बर्ष अगाडी देखि निरन्तर दाङ देउखुरीको राजनीतिक र सामाजिक आन्दोलनमा कृयाशिल भएर यहाका समस्या र समाधानका विषयमा राम्रो जानकार भएको हुनाले ।

९) राजनीति समाजसेबा मध्यको सबैभन्दा उत्कृष्ट समाजसेबा भएको र म कुनै ब्यक्तिगत लाभको पेसा ब्यबसायमा नलागि बिद्यार्थी जिबन देखि निरन्तर राजनीति र समाजसेबामा सक्रिय रुपमा लागेको हुनाले ।

१०) राजनीतिलाइ पेसा र निहित स्वार्थ सिद्धीको साधन बनाउने र त्यसबाट नागरिक निराश हुने अवस्था झन पछि झन बढदो क्रममा छ । त्यसलाइ निरुत्साहित नगरी नागरिकमा आसा जागृत हुन पनि सक्दैन , राजनीतिक नेतृत्व प्रतिको बिश्वास र स्थाइत्व हुन पनि सक्दैन । ऐतिहासिक हिसाबले राष्ट्रिय जनमोर्चा पार्टी र त्यसको नेतृत्वले त्यो नैतिकता स्थापित गरेको हुनाले ।

११) कसैको स्वार्थ सिद्धी वा आफ्नो सत्ता महत्त्वाकांक्षा हैन बर्गिय उत्पीडिनको अन्त्य गर्ने बैचारिक दृष्टिकोण सहित राजनीतिमा आबद्ध भएको हुनाले ।
१२) दाङ देउखुरीमा बिकासको प्रचुर सम्भावना हुदापनि त्यसको सहि नेतृत्व र जनपरिचालन हुन नसकेको हुनाले ।
१३) आजको नबपुस्ता र बैज्ञानिक युगको नेतृत्व गर्न सक्ने दक्षता भएको हुनाले ।

१४) सम्पुर्ण उत्पीडित जाति र बर्गको मुक्ति को राजनीति आजको अपरिहार्य आबस्यकता हो । त्यो जाति र बर्ग सितको निकटतम सम्बन्ध हुनुका साथै समस्यासित पनि परिचीत भएको हुनाले ।
१५) नबउदारबादी अर्थनीतिले गरिब लाइ झन पछि झन गरीब बनाइ सिमित मान्छेहरुको हातमा अकुत सम्पत्ति जम्मा भएर बहुसंख्यक माथि अन्याय भएकोले त्यो ठाउँमा समाजबादी अर्थनिति अपनाउने ऐन कानुन बनाइ आधारभुत जनताको मुक्ति र न्याय दिलाउने उदेश्य भएको हुनाले ।
१६) राजनीतिमा मौलाउदै गइरहेको ब्यबसायीक र भ्रष्ट चरीत्रको अन्त्य गरी राजनीतिक नैतिकता स्तापित नगर्दा सम्म जनताको कुरा सुनाइ हुदैन । हामीमा त्यो नैतिकता स्थापित गर्ने दायित्व र उदेश्य भएको हुनाले ।
१७) राजनीतिक चुनाब महङ्गो भएर पुजिपती र दलालहरुको कब्जामा जाने र कामदार र भुइमान्छेको कुरा सुनाइ नहुने बाताबरणको अन्त्य नगरी भ्रष्टाचारको अन्त्य नहुने र गरिब र कामदार मान्छे राजनीतिमा आउन नसक्ने हुदा त्यहि अनुकुलको कानुनी ब्यवस्था गर्नको लागि !
१८) दाङ दुखुरीको उत्पादनको मुख्य श्रोत तरकारी खेती हो , त्यसलाइ अत्यधिक ठुलो मात्रामा उत्पादन गर्ने प्रबिधि ल्याइ तरकारीमा भएको आयात रोकि निर्यात गरी ठुलो संख्यामा युबा र खासगरी चौधरी समुदाय लाइ स्वरोजगार बनाउने सोच र भिजन भएको हुनाले !

१९) कुनै पनि देश , भुगोल वा क्षेत्र कसरी बिकास हुन्छ भन्ने विषयमा राम्रो ज्ञान लिएको र त्यसलाइ ब्यबहारिक रुप दिने निति बनाउने उत्कट चाहाना भएको हुनाले ।

२०) राजनीतिमा सामन्त , पुजिपती र दलालपुजिपतीहरुको बाहुल्यता हुदा कामदार र उत्पीडित बर्गको सुनुवाइ हुन छोडेको कारण राज्यका नजरमा देशका सबै नागरिक बराबरी हुने कानुन बनाउने उत्कट चाहाना तथा ज्ञान समेत भएको हुनाले ।
धन्यवाद !

गणेश प्रसाद आचार्य , प्रतिनिधिसभा निर्बाचन २०८२ प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ दाङ देउखुरी