भेनेजुयलामाथि अमेरिकी हस्तक्षेपविरुद्ध अन्तरसंवाद


काठमाण्डौ, माघ ११ गते । भेनेजुयलाको सार्वभौमिकतामाथि अमेरिकी हस्तक्षेपविरुद्ध आइतबार काठमाण्डौमा अन्तरसंवाद गरिएको छ । भेनेजुयलाको सार्वभौमिकतामाथि अमेरिकी हस्तक्षेपको कडा रुपमा निन्दा गर्दै यस्ता गलत खालका गतिविधि रोक्न विभिन्न दलका नेताहरुले माग गरेका छन् ।

कार्यक्रममा बोल्दे नेकपा मसालका महामनत्री मोहनविक्रम सिंहले भेनेजुयलाको सार्वभौमिकतामाथि अमेरिकी हस्तक्षेपविरुद्ध एकताबद्द हुन सबैलाई आग्रह गरे । नेता सिंहले अमेरिकी साम्राज्यवाद मानव जातिकै लागि बाधक बनेको बताउंदै अमेरिकी साम्राज्यवादले नेपालमा पनि साम्राज्य फैलाउन खाजेको बताए ।
कार्यक्रममा राजमोका कार्यकारी अध्यक्ष रश्मिराज नेपाली, राजमो प्रवक्ता दुर्गा पौडेल, नेकपा मालेका नेता सीपी. मैनाली, हिरन्यलाल श्रेष्ठ, सीताराम तामाङ, अखिल छैठौंका अध्यक्ष सुवास जीसी, बलराम बास्कोटा, नहेन्द्र खड्का लगायतले बोलेका थिए ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको सिद्धिचरण कक्षमा भएको उक्त अन्तरसंवाद कार्यक्रमको नेपाली कम्युनिष्ट पार्टीका नेता लिलामणी पोखरेलले सहजीकरण गरेका थिए ।





















