पश्चिमाञ्चल यातायातमा नयां नेतृत्व चयन, अध्यक्षमा जीसी

बुटवल, चैत २१ गते । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको १४ औं अधिवेशनबाट अध्यक्षमा यमबहादुर जीसी निर्वाचित । शनिबार सम्पन्न भएको निर्वाचनमा यमहादुर अध्यक्ष, वरिष्ठ उपाध्यक्षमा गणेश घिमिरे, खुल्ला उपाध्यक्षमा डिल्ली रिजाल र महासचिवमा वसन्त खड्का विजयी भएका हुन् ।
२५ औं साधारण सभा तथा १४ औं अधिवेशनबाट नयां नेतृत्व सर्वसम्वत हुन नसकेपछि निर्वाचन भएको थियो । सोही निर्वाचनबाट अध्यक्ष यमबहादुर जीसीले २७४ मत प्राप्त गरी विजयी भएका छन्, उनका प्रतिष्पर्दी पंकज राईले २२६ मत र अध्यक्ष पदका अर्का प्रतिष्पर्दी प्रतापबहादुर कार्कीले १६८ मत प्राप्त गरेको प्रमुख निर्वाचन आयुक्त महेन्द्र पाण्डेले जानकारी गराएका छन् ।

वष्ठि उपाध्यक्षमा गणेश घिमिरेले सबैले भन्दा बढी ४४९ मत प्राप्त गरी विजय भएका छन् । खुल्ला उपाध्यक्षमा डिल्लीराम रिजालले ४१७ प्राप्त गरी विजयी भएका छन् । उपाध्यक्ष गुल्मी, पाल्पा र स्याङ्जा सेक्टरमा रिज केसीले ३८०, काठमाण्डौ उपाध्यक्ष युवराज पन्थले ४१० मत प्राप्त गरी विजयी बनेका छन् ।

सचिवमा ढुण्डीराम गैरेले ४०१ र कोषाध्यक्षमा काशिनाथ पोखरेलले ३७८ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै सदस्यहरुमा किशोर पंगेनीले ४३२, खिमप्रसाद भुसालले ३९०, खेमलाल पौडेलले ३७०, प्रदीप पन्थीले सर्वाधिक ४४८ प्रेम विक ३२६, विकास अग्रहरी ३३२, विकास शर्मा आचार्य ३२०, बेलबहादुर ३७५, भोजराज भुसाल ३४० र सुरज गुप्ताले ३१३ मत प्राप्त गरी विजयी भएका छन् ।

यस अघि रुपन्देही उपाध्यक्ष बसन्ती आले र राजकुमार लामा, उपाध्यक्ष नवलपरासी कृष्णबहादुर कंडेल, उपाध्यष कपिलवस्तु, अर्घाखांची उन्वल केसी, उपाध्यक्ष नवलपुर पर्शुराम भण्डारी रामु निर्विरोध निर्वाचित भएका थिए ।