बुटवलमा कृषि मेलाको आयोजना

बुटवल,चैत्र८गते।बुटवल उद्योग बाणिज्य संघले कृषि मेला आयोजना गर्ने भएको छ ।यही चैत्र १० गतेदेखि बुटवलमा दशौं कृषि मेला आयोजना गरिएको संघले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ। चार दिनसम्म चल्ने उक्त कृषि मेलामा ४ दर्जन बढी कृषि स्टल राखिने आयोजक बुटवल उद्योग वाणिज्य संघले बताएको छ। स्थानीय कृषि उत्पादन प्रयोगका लागि जनचेतना फैलाउने उद्देश्यसहित आयोजना गरिएको मेलामा २५ हजार बढीले अबलोकन गर्ने अपेक्षा गरिएको संघका अध्यक्ष उज्जवल कसजुले बताए।अधयक्ष कसजुका अनुसार मेलाले कृषिमा आधारित उद्योगमा लगानीकर्ताहरुलाई आकर्षण गर्ने छ।

उद्योग वाणिज्य संघको विज्ञप्ती

कृषि मेला २०७८ को
आयोजनाका सन्दर्भमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वितरित
प्रेस विज्ञप्ति
मिति ः २०७८।१२।०८
स्थान ः बुटवल बालमन्दिर, बुटवल
आदरणीय पत्रकार मित्रहरु ।
व्यवसायीक हकहितको संरक्षण, सम्बद्र्धन गर्दै स्थानिय सामाजिक आर्थिक विकासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने लक्ष्य लिइ वि.संं. २०१० सालमा स्थापित बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले उद्योग वाणिज्य क्षेत्रको विकासका साथसाथै कृषि क्षेत्रको व्यवसायीकरणका लागि विभिन्न किसिमका प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।संघले वि.सं. २०४१ साल देखि काठमाण्डौं उपत्यका बाहिर सर्वप्रथम औद्योगिक मेला आयोजनाको सुरुवात गरी हाल सम्म १७वटा मेला तथा महोत्सव सम्पन्न गरिसकेको छ ।संघको आयोजनामा कृषि मेलाको शुरुवात २०६२ सालबाट शुरु गरि विभिन्न समयको अन्तरालमा ९ वटा कृषि मेला सफलतापूर्वक सम्पन्न गरिसकेका छौ । नेपाल सरकार, कृषि विकास मन्त्रालयसंगको संयुक्त आयोजनामा छैठौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला र एघारौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला बुटवलमा सफलतापूर्वक सम्पन्न गरिसकेको पृष्ठभूमिमा कृषि खाद्य तथा प्रबिधि तथा भूमि व्यवस्था मन्त्रालय, लुम्बिनी प्रदेश र बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको संयुक्त आयोजनामा संघको दशैं कृषि मेला २०७८ को आयोजना यही चैत्र १० देखि १४ गते सम्म बुटवल बालमन्दिर परिसरमा गर्न लागिरहेको यहालाई जानकारी गराउन चाहन्छौ । विशिष्टिकरण मेलाको सन्दर्भमा संघको संरक्षकत्वमा संघको सचिवालय परिसरको सभाहलमा जुत्ता मेला, मोवाइल मेलाको सफल आयोजना गरेको स्मरण गराउदछौ ।
कुल जनसंख्याको ६६% जनसंख्या कृषि क्षेत्रमा आधारित रहेको हाम्रो मुलुक नेपालको कुल ग्राहस्थ उत्पादनमाकृषि क्षेत्रको योगदान ३६% मात्र छ । कृषि क्षेत्रको रोजगारीमा उल्लेख्नीय योगदान रहेता पनि यसको उत्पादन एवं उत्पादकत्व ज्यादै न्यून छ । पछिल्लो तथ्याङक अनुसार हामीले वार्षिक अरबौंमुल्य बराबरको कृषि उत्पादनहरुआयात गर्दै आइरहेकाछौ ।कृषि क्षेत्रमा रहेको अपार संभावनालाई उजागर गर्दै थप लगानी भित्रयाउनु एवं कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढाउनु नै अहिलेको मुख्य चुनौती रहेकोछ ।यसै सन्दर्भमा कृषि क्षेत्रको व्यवसायीकरण एवं आधुनिकिकरणमा सहयोग पु¥याउने मुख्य ध्येयका साथ कृषि मेला २०७८आयोजना गर्न लागिरहेका छौ ।
मेलाका उद्देश्यहरु ः
१. आधुनिक कृषि प्रविधि, कृषि औजार र मेशिनरी सम्बन्धी जानकारी प्रदान गर्दै आधुनिक कृषि उत्पादन सम्बन्धी प्रविधी हस्तान्तरण गर्न सहयोग गर्ने ।
२. कृषि बस्तु उत्पादन एवं बजारीकरणमा सहयोग पु¥याउने साथै स्थानीय कृषि उत्पादन प्रयोगका लागि जनचेतना फैलाउने ।
३. कृषि क्षेत्रको व्यवसायीकरण एवं आधुनिकीकरणमा सहयोग पु¥याउने ।
४. उत्पादित कृषि उपजको सुरक्षित र मुनाफायुक्त बजारको पहिचान गराई उत्पादक र क्रेता विच समन्वय गर्ने ।
५. यस क्षेत्रमा खपत हुने दुग्धजन्य, मासुजन्य, फलफूलजन्य, तरकारीजन्य तथा तुलानात्मक एवं प्रतिस्पर्धी क्षमता भएका अन्य कृषि उपजहरुको व्यवसायीक उत्पादन तर्फ उत्मुख गराउने ।
६. बुटवल उपमहानगरपालिकालाई प्राङ्गारिक कृषिवस्तुको उत्पादन तथा प्रवद्र्धनमा जोड दिने ।
७. कृषि उद्यमी, व्यवसायी एवं कृषक समूह तथा सहकारी संस्थाहरुसंग अन्तरक्रिया तथा गोष्ठीको माध्यमबाट समस्या, सुझाव संकलन गरी कार्यान्वयनका लागि सम्बन्धित निकायमा पहल गर्ने ।
८. कृषिमा आधारित उद्योगमा लगानीकर्ताहरु आकर्षित गर्ने ।
९. विशिष्टीकरण मेलाहरुलाई स्थापित गर्ने ।

मेलाका विशेष आकर्षणहरु ः

१) कृषिका अत्याधुनिक प्रबिधिको प्रर्दशन ः
कृषि पेशालाई व्यवसायीककरण तथा आधुनिक प्रबिधियुक्त बनाउन आवश्यक कृषि प्रबिधिहरुको पहुंचमा बृद्धि गर्नका लागि कृषि मेला २०७८ को अवसरमा कृषिका अत्याधुनिक प्रबिधिको प्रर्दशन हुनेछ । धान रोप्ने मेशिन, बाली काट्ने मेशिन, गोड्ने मेशिन, बेलर मेशिन, थोपा सिचाई, हाइड्रोपोनिक्स, मौरी पालन, जैबिक मल आदीको प्रर्दशन हुनेछ । कृषि डिजिटाइजेसनको लागि जियो कृषि एपको बारेमा कृषकलाई जानकारी तथा प्रर्दशन समेत हुनेछ ।
२) कृषि परिकार ः
कृषि वस्तुको प्रवद्र्धन तथा बिबिधिकरण गर्ने माध्यमको रुपमा खाद्य परिकारको प्रवद्र्धन पनि एक हो । तर्सथ, च्याउ, दुग्ध, कोदो, माछाका परिकार समाबेश भएको कृषि परिकारहरुको फुड फेस्टिभलको समेत आयोजना हुनेछ । यस प्रकारको खाने प्रबृतिले स्थानिय कृषि वस्तुको प्रवद्र्धन हुनुको साथै, पोषणमा सुधारको साथै आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने देखिन्छ ।
३) कृषि सम्बन्धि अन्तरक्रिया तथा छलफल ः
कृषि को व्यवसायीककरण, प्रबिधिको पहुंचमा बृद्धि तथा कृषक स्तरमा सूचना तथा जानकारी पु¥याउनुको साथै नीतिगत सुधारको लागि पहल स्वरुप बिभिन्न बिषयत अन्तरक्रिया तथा छलफल कार्यक्रम संचालन गरिनेछ ।
कागती खेती, कृषि पर्यटन तथा ताजा तरकारी उत्पादन तथा बजारीकरण सरोकारवाला बिच अन्तरक्रिया तथा छलफल सम्बन्धित उत्पादक, कृषक, व्यवसायी सहभागी हुने गरी कार्यक्रमको आयोजना गरिनेछ ।
४. उत्कृष्ट कृषि उत्पादनको प्रद्र्धशन ः
कृषकस्तरमा उत्पादित कृषि बस्तु ताजा तरकारी, खाद्यान्न बाली, फलफूल प्रतियोगितात्मक हिसाबले प्रर्दशन हुनेछ । त्यस बाहेक कृषि वस्तुमा आधारित बिभिन्न उत्पादनहरु समेत प्रर्दशनका साथै बिक्री बितरण हुनेछ ।

५. कृषि सेवा सम्बन्धि जानकारीमुलक स्टलः
कृषि, खाद्य प्रबिधि तथा भूमि व्यवस्था मन्त्रालय तथा कृषि विकास निर्देशनालय का साथै पशु पन्छी तथा मत्स्य विकास निर्देशनालयका कृषि सेवा, फलफूलका बिरुवा तथा जानकारी, मत्स्य तथा पशुपालन सम्बन्धि जानकारी एवं परामर्श प्रदान गर्ने स्टलहरु रहनेछ ।
अन्य आकर्षणहरु ः
ड्ड दुग्धपान प्रतियोगिता।
ड्ड कालिज पालन सम्बन्धि जानकारी तथा परामर्श ।
ड्ड लौकाट, कडकनाथ, बट्टाई, लोकल कुखुराको प्रदर्शनी।
ड्ड कृषिमा आधारित सांस्कृतिक कार्यक्रम ।
आदरणीय पत्रकार मित्रहरु
यस मेलामा जम्मा ४० देखि ५० वटा कृषि सम्बन्धी स्टलहरु सहभागि हुने जानकारी गराउदछौ । मेलालाई करिब २५ हजार अवलोकनकर्ताले अवलोकन गर्नेछन भने गैर नाफामुलक मेलाका रुपमा आयोजना गर्न लागिरहेकाछौ ।कृषक समूह, सहकारी एवं कृषिसंग सम्बन्धित सरकारी कार्यालय तथा संघ संस्थाहरु लगायत उपभोक्ता सम्पुर्णलाई मेला स्थलमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएकोछ ।

नेपालमा विशिष्टिकरण मेला आयोजना गर्नु निकै चुनौतीपुर्ण छ । अझ परम्परागत रुपमा रहेको कृषि क्षेत्रको विशिष्टिकरण मेला आयोजना गर्नु झनै चुनौतीपुर्ण भएको हुदा कमीकमजोरीहरु रहेको हुन सक्छन । आगामी दिनमा ति कमीकमजोरीहरुलाई घटाउन संघ प्रयारत रहने नै छ ।यहाहरुको सुझाव हाम्रो लागि अमुल्य निधी बन्ने हुदा मेलाको अवलोकनका लागि संचारजगत, सम्बन्धीत क्षेत्रमा क्रियाशिल निकायका प्रतिनिधीज्यूहरु, विज्ञहरु, अध्येता एवं शोधकर्ताहरु, उद्योगी व्यापारी एवं कृषकवर्ग, सम्बन्धित क्षेत्रमा रुचि राख्ने सम्पूर्ण जनसमुदायलाई हार्दिक आमन्त्रण गर्दछौ ।

यही चैत्र १० देखि १४ गते सम्म बुटवल बालमन्दिरमा संचालन गर्न लागिएको कृषि मेला २०७८ का लागि बाधा व्यवधान रहित रुपमा सम्पन्न गर्नका लागि सबैको सहयोगर खासगरी पत्रकारिता र संचार जगतको सहयोग अपरिहार्य छ । अतः सबै क्षेत्रबाट यस मेलालाई सहयोग मिल्ने अपेक्षा गर्दै विदा चाहन्छु ।

धन्यबाद

उज्ज्वल प्रसाद कसजू
संयोजक, कृषि मेला २०७८

 

 

अध्यक्ष कसजुले उत्पादित कृषि उपजको सुरक्षित र मुनाफायुक्त बजारको पहिचान गराई उत्पादक र क्रेताबीच समन्वय गराउन सहयोग पुग्ने बताए।यसैगरी यस क्षेत्रमा खपत हुने दुग्धजन्य, मासुजन्य,फलफूलजन्य,तरकारीजन्य तथा तुलानात्मक एवं प्रतिस्पर्धी क्षमता भएका अन्य कृषि उपजहरुको व्यवसायीक उत्पादन तर्फ उत्मुख गराउने लक्ष्य राखिएको छ। मेलामा सहभागी हुने कृषि स्टलहरुका लागि निःशुल्क सहभागी हुन पाउने तथा दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ। मेलामा कृषिका अत्याधुनिक प्रविधिको प्रर्दशन हुनेछ। धान रोप्ने मेशिन, बाली काट्ने मेशिन, गोड्ने मेशिन, बैलर मेशिन, थोपा सिञ्चाई, हाइड्रोपोनिक्स, मौरी पालन, जैविक मल आदीको प्रदर्शन गरिने छ।कृषि डिजिटाइजेसनको लागि जियो कृषि एपको बारेमा कृषकलाई जानकारी तथा प्रदर्शन गरिने छ।मेलाको तयारी अन्तिम चरणमा पुगेको र चार दिनसम्म चल्ने उक्त मेलाको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।.