बुटवलमा सुन्तलाको व्यापार बढ्दो

बुटवल, मंसिर ४ गते । पहाडी क्षेत्रमा फलेको सुन्तलाको बजार बुटवल बनेको छ । बुटवलमा केही दिन यतादेखि सुन्तलाको व्यापार बढ्दो छ ।
विशेष गरी गुल्मी, पाल्पा, अर्घाखांची, प्यूठान, सल्यान, स्याडजा लगायतका पहाडी जिल्लामा फलेका सुन्तला बुटवलमा विक्री वितरण भैरहेको छ ।
मण्डीदेखि चोकचोकमा अहिले सुन्ताल किनबेच भैरहेको दृष्य देख्न सकिन्छ । सिजन अनुसारको फलफुल भएकाले सुन्तालप्रति उपभोक्ता पनि आर्कषित छन् ।