बुटवलमा घटे करका दर

बुटवल,साउन ११ गते । बुटवल उपमहानगरपालिकाले करका दर घटाएको छ । आर्थिक वर्ष २०७९÷८० कालागि स्वीकृत आर्थिक ऐन २०७९ अनुसार सम्पत्ति, घरबहाल, इरिक्सा, हाटबजार बैठकी कर लगायतमा दर घटाएको छ । घटेका करका दर यही साउन १ गतेदखि लागु बताईएको छ । नागरिकमाथिको करको भार घटाएर दायरा बढाउने गरी करका दरमा हेरफेर गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए। सम्पत्ति र घरबहाल कर १० प्रतिशतले घटेको छ ।यसअघि १० हजार रुपैयां घरबहाल लिनेले १ हजार रुपैयां घरबहाल कर तिर्नुपर्नेमा अब ९ सय रुपैयांतिरे पुग्नेछ । सम्पत्ति कर सम्पत्तिको मूल्य अनुसार १ सय रुपैयांदेखि ४९ हजार ५ सय रुपैयांसम्म कायम गरिएको छ । ५ लाख रुपैयाँसम्म करयोग्य सम्पत्तिभएमा १ सय रुपैयाँ र ५ करोडदेखि माथि भएमा प्रतिहजारको २ रुपैयांका दरले सम्पत्ति कर तिनुपर्ने छ । यस्तै, इरिक्साव्यवसायीले यसअघि रुट परमिट र नवीकरणबापत् ५ सयका दरले १ हजार रुपैयाँतिर्दै आएकोमा चालु आर्थिक वर्षमा ३ सयका दरले ६ सय रुपैयां बुझाउनुपर्ने बुटवल उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख दामोदर ज्ञवालीले जानकारी गराए । चालु आर्थिक वर्षकोमंसिरदेखि लागू हुने गरी हाटबजार बैठकी कर १० देखि १८ प्रतिशतसम्म घटेको छ । यसअघि रेडिमेड कपडा पसलले हाटबजार बैठकी करबापत् १३० रुपैयां तिर्दै आएकोमा मंसिरदेखि १ सय १५ रुपैयांर १ सय रुपैयां तिर्ने तरकारी पसलले ९० रुपैयां तिरे पुग्ने छ ।यस्तै, महिला, अल्पसंख्यक र अपांगता भएकाव्यक्तिले सञ्चालन गरेका व्यवसायका लागि लाग्ने व्यवसाय करमा १० प्रतिशत छुट भएको छ । यस्तै, सडक विस्तारकाकारण व्यवसाय सञ्चालनमा कठिनाइ बेहोरेका चौराहादेखि गोलपार्क सम्मका राजमार्ग मोहडा भएका व्यवसायीले ३५ प्रतिशत कर छुट पाउने भएका छन् । ज्योतिनगर पहिरो प्रभावित क्षेत्रका संरचनाहरुमा सम्पत्ति कर असुली गर्दा सम्पत्ति मूल्यांकनमा७५ प्रतिशत छुट गरिने भएको छ । यस्तैगरी, नागरिकता, अपांगता, जेष्ठ नागरिक परिचय पत्रसहित १३ प्रकारका सिफारिश दस्तुर निःशुल्क गरिने छ । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ६० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ ।