मनाइयो संविधान दिवस

बुटवल, असोज ३ गते । नेपाली जनताले सात दशक लामो संघर्षबाट संविधानसभाबाट संविधान निर्माण भएको सात वर्ष पुरा भएको छ ।
संविधान सभाबाट बनाउनका लागि राजनीतिक दलहरुका कारण संविधान सभाबाट संविधान बनेको हो ।
सोमबार विशेष कार्यक्रमका साथ संविधान दिवस देशभर मनाइएको छ ।
तीनै तहका सरकारले विशेष कार्यक्रमका साथ संविधान दिवस मनाए ।रुपन्देहीको बुटवलमा पनि लुम्बिनी प्रदेश सरकारले विशेष कार्यक्रम गरी संविधान दिवस मनाएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यतामा बुटवलमा संविधान दिवसम नायएको हो ।
सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जनताले वलिदानबाट बनेको संविधान परिपक्क बन्दे गएको बताएका छन्। मुख्यमन्त्री केसीले संविधानले सबै क्षेत्र र वर्गलाई सम्बोधन गरेको दावी गरेका छन् ।
संविधान दिवस मनाउनका लागि आयोजित कार्यक्रम पूर्व बुटवलको राजमार्ग चौराहबाट बुटवल सभाहलसम्म विभिन्न झांकीसहित प्रभातफेरी निकालिएको थियो । लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रबाट मुलुकलाई योगदान पु¥याएको भन्दै ६१ जनालाई विभिन्न पदकबाट विभूषित गरेको छ । सातौं संविधान दिवसको अवसरमा सोमबार बुटवलमा आयोजित विशेष समारोहमा प्रदेश पदकबाट विभूषित हुने व्यक्तिहरुको नामावली घोषणा गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारले संविधान दिवसका लागि तीन दिवशीय कार्यक्रमको आयोजना गरेको छ । भोली मंगलबार अर्थात असोज ४ गते रक्तदान गरिने कार्यक्रम रहेको छ ।