बुटवलमा उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन सम्पन्न, सात बुंदे घोषणा पत्र जारी

दिपक बस्नेत

बुटवल, माघ २२ गते । बुटवलमा उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन बुटवलमा सम्पन्न भएको छ ।
दुई दिनसम्म चलेको सम्मेलनले सांत बुंदे संयुक्त घोषणा पत्र जारी गरेको छ ।राष्ट्रिय सम्मेलनबाट पारित सांत बुंदे घोषणा पत्र आइतबार बुटवल उपमहानगरपालकामा पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ ।
सम्मेलनबाट देशका सबै उपमहानगरपालिकाका एउटै र उस्ता– उस्तै समस्याबारे छलफल गरी त्यसको समाधानका लागि साझा सांत बुंदै घोषणा पत्र निर्माण गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताएका छन् ।


पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको उक्त घोषणा पत्रमा स्थानीय सरकार सञ्चालन ऐन २०४७ संग सम्बन्धित विद्यामान संघीय कानुनको परिमार्जन गरी उपमहानगरपालिका र महानरपालिकाका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न सम्मेलनले माग गरिएको छ ।
उपमहानगर सञ्जाल नेपालबाट संस्थागत विकासका लागि पहल गर्ने, आलोपालो गरी उपमहानगर सम्मेलन गर्ने, उपमहानगरका नीति, योजना तर्जुमा र कार्यान्वयनको गतिलाई तीव्र बनाई संघीय राज्य व्यवस्थाको सफल कार्यान्वयन गर्ने विषयलाई सांतबुंदे घोषणा पत्रमा समेटिएको छ ।
त्यस्तै छिमेकी नगरपालिका र गाउंपालिकाहरुसंग सहकार्य गरेर काम गर्ने, उपमहानगरपालिकाका समस्या र चुनौतीहरुलाई समन्वयात्मक रुपमा संघ र प्रदेश सरकार एवं राज्यका अन्य अंगका निकायहरुसंग सहकार्य गरिने घोषणा पत्रमा उल्लेख गरिएको छ ।
स्थानीय सेवा सञ्चालनको मार्गदर्शन ऐनका रुपमा रहने संघयि निजामती सेवा ऐन हालसम्म जारी हुन नसक्दा जनशक्ति व्यवस्थापन, वृत्तिविकास सम्बन्धि कानुन निर्माणमासमेत जटिलताले स्थानीय तहमा काम गर्न समस्या भएकाले खविलम्व संघीय निजामती सेवा ऐन निर्माण गर्न माग सम्मेलनले माग गरेको छ ।
देशभरका ११ वटा उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको प्रथम राष्ट्रिय सम्मेलनमा सहभागिता रहेको थियो ।बुटवल उपमहानगरपालिकाको आयोजनामा पहिलो पटक बुटवलमा उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन भएको हो ।
अब आगमी साउन महिनामा जनकपुरमा दोस्रो सम्मेलन गर्ने निर्णय भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी गराएका छन् ।