आगमी चुनाबमा ५१ प्रतिशत ल्याउने – ओली

बुटवल, चैत्र १३ गते । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका वेला भएका कमी कमजोरीलाई सच्चाएर अगाडी बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
आगामी निर्वाचनमा ५१ प्रतिशत स्थान सुरक्षित गर्ने गरी पार्टीको काममा लाग्नु पर्ने ओलीको आग्रह छ ।
निर्वाचनका वेला भएका कमजोरी भएपनि अब त्यस्ता कमजोरी नदोहोराउने गरी लाग्नु पर्ने अध्यक्ष ओलीले वताए ।
मिसनग्रास रुट अभियान अन्तर्गत सोमबार गुल्मीको तम्घास पगेका अध्यक्ष ओलीले निर्वाचनको समिक्षा गर्दै जनताका घरघरमा पुगेर एमालेविरुद्ध फैलाईएका भ्रमहरु चिर्न आग्रह गरे ।
अध्यक्ष ओलीले नेपाली कांग्रेसभित्र चन्द्र भण्डारी जस्तो असल नेता अर्को कुनै नभएका भन्दै प्रशंसा गरे ।
मिसन ग्रासरुट अभियान अन्तर्गत सनिवार साविक लुम्बिनीको भ्रमणमा निस्किएका थिए ।
ओली कपिलवस्तु, अर्घाखांची हुंदै सोमबार गुल्मी पुगेका हुन् ।
सोमबार गुल्मीको तम्घासमै बस्ने ओलीले मंगलबार पाल्पामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । पाल्पापछि रुपन्देही आउने र बुधवार लुम्बिनी टेलिभिजनको साधारसभा तथा अधिवेशनमा सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले श्रोतले बताएको छ ।