आज चैते दशैैं मनाईदै

बुटवल, चैत्र १५ गते । आज चैत शुक्ल अष्टमी, अर्थात चैते दशैं । आज देवीको पूजा उपासना गर्दै चैते दशैं मनाईंदै छ ।
असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दुधर्मावलम्बीहरुले वर्षमा दुइपटक मनाउने गर्दछन् ।
असोजमा मनाईंने दशैंलाई बडादशंैको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई चैते दशैं भनिन्छ । आज घरघरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ ।
वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा वणिर्त छ । चैते दसैंको दिन देशभरका शक्तिपीठहरुमा बिहानैदेखि आजापुजा गर्ने गरिन्छ ।
असोजको वडादसैंजस्तो यो बेलामा जमरा भने चैते दशैंमा प्रयोग हुंदैन ।

                देवदहमा मेला

चैते दशैंको अबसरमा रुपन्देहीको देवदहमा आज चैते दशैं मेला आयोजना गरिएको छ ।
कोलियराज्य बुद्ध मावली क्षेत्र विकास समितिको आयोजनामा बुद्धमावली क्षेत्र देवदह ४ भवानीपुरमा रामनवमीको अवसरमा चैते दशैं मेला लाग्ने भएको हो ।
देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलले चैते दशैं मेलालाई पर्यटनसंग जोडेर लैजानु पर्ने वताए ।

चैते दशैं मेलाको अवसरमा आयोजित पर्यटन क्षेत्रको प्रवद्र्धन सम्वन्धमा सरोकारवालाहरुसंग अन्तक्र्रियामा बोल्दै नगर प्रमुख खरेलले भने –देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी नगरपालिका अगाडि बढिरहेको छ ।
देवदहमा पर्यटन क्षेत्रको विकास र सम्भावना विषयक कार्यपत्र प्रस्तुत गर्दै लक्ष्मण न्यौपानेले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न रोहिणी नदीको प्रवद्र्धन गर्न आवश्यक रहेको बताए ।
न्यौपानेले प्रस्तुत गरेको कार्यपत्रमाथि प्रमोद खनाल र ऋषिश्वर अर्यालले टिप्पणी गरेका थिए ।
कार्यक्रममा थारु कल्याणकारी सभा देवदहका अध्यक्ष सुरेन्द्र थारु, सञ्चारकर्मी रामबहादुर गुरुङ, युवराज चापागाई, तेजु अर्याल लगायतले सुझाव दिए ।