युट्युब र टिकटकसंग नडराउनुस – ओली

अध्यक्षमा पुनः आलम र महासचिवमा पाण्डे

बुटवल, चैत्र १५ गते ।नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युट्युब र टिकटकसंग टेलिभिजनहरु डराउनु नहुने बताएका छन् ।
एकल व्यक्तिले चलाएका युट्युब र टिकटकहरुसंग समूहगत रुपमा सञ्चलित टेलिभिजन मिडियाहरु डराउनु पर्ने कुनै कारण नभएको वताए ।
बुधबार बुटवलमा लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औं वार्षिक साधारणसभामा बोल्दै एमाले अध्यक्ष ओलीले टेलिभिजनमका समाचार सामग्रीहरु युट्युब र टिकटकमा प्रयोग हुने गरेको वताए ।


टेलिभिजनहरुमा सामूहिक लथगानी र जिम्मेवारी वढी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले भने – व्यक्तिले चलाउंदै आएका युट्युब, टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जालहरुसंग तर्सिन प्रर्दैन ।
ओलीले बदलिंदो समय अनुसार नयां प्रविधिको प्रयोग गर्नुपर्ने बताउंदै सञ्चार माध्यमको प्रभावकारिता वढाउन आवश्यक रहेको बताए ।
२०४६ को परिवर्तनपछि सञ्चार जगतले व्यापकता लिएको उल्लेख गर्दै उनले भने –ग्यालेक्सी प्रविधि अझै नेपालमा आइसकेको छैन ।
नेकपा एमालेका नेता तथा रुपन्देही क्षेत्र नं. १ का संघीय सांसद छविलाल विश्वकर्माले सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउंदै मिडिया र मिडियाकर्मीका कारण नेपालमा परिवर्तन सम्भव भएको बताए ।
रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सांसद बासुदेव घिमिरेले वाक स्वतन्त्रताको पैरवी गर्दै आएको मिडियाको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक रहेकामा जोड दिए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले मुलुकको परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउंदै प्रविधिको युगलाई आत्मसाथ गर्नुपर्ने बताए ।
आर्थिक संकटले मिडियाहरु प्रभावित भएको बताउंदै मिडियाहरुलाई आर्थिक रुपले वलिया बनाउनु पर्ने र त्यसका लागि सरकार र राजनीतिक दलहरुलाई गम्भीर वन्न आग्रह गरे ।
कार्यक्रममा प्रदेश सांसदहरु तुल्सी चौधरी, भगवती घिमिरे, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, नेपाल चेम्बर अफ कर्मश लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेल, माओवादी केन्द्र बुटवल नगर अध्यक्ष निर्मल जी.सी, टेलिभिजनका संस्थापक अध्यक्ष सिद्धिचरण भट्ट।ाई, रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष दिलिप सापकोटा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाई लगायतले बोल्दै पे्रस स्वतन्त्रताका लागि नेपाली मिडयाका समस्याप्रति गम्भीर वन्न आग्रह गरे ।
लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औं वार्षिक साधारण सभामा टेलिभिजनमा कार्यरत कर्मचारी सावी अर्याललाई नगदसहित सम्मान गरिएको छ ।
टेलिभिजनका अध्यक्ष एजाज आलमको अध्यक्षता र महासचिव दिनेश पाण्डेको सञ्चालनमा कार्यक्रम भएको हो ।
                                  अध्यक्षमा पुन–एजाज आलम
साधारण सभा तथा अधिवेशनबाट विकासका लागि सूचना तथा सञ्चार अभियान (ईमोड) नेपाल लुम्बिनी टेलिभिजनको अध्यक्षमा पुनः एजाज आलम निर्विरोध निर्वाचित भएका छन् ।
टेलिभिजनको १७ औं बार्षिक साधारण सभा तथा सातौं अधिबेशनबाट अध्यक्षमा आलम पुनः निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै उपाध्यक्ष तिलप्रसाद भट्टराई, महासचिवमा पुनः दिनेश पाण्डे, सचिवमा जीवन अधिकारी, कोषाध्यक्षमा चिरञ्जीवि अधिकारी र सह कोषाध्यक्षमा माधव नेपाल निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा शिव पाठक, तुलसा अर्याल र दिनेश फुल्लेल निर्वाचित भएको निर्वाचन समितिका संयोजक वसन्तराज खनालले जानकारी गराएका छन् ।
त्यसैगरी लेखा समितिको संयोजकमा नारायण खनाल, सदस्यमा झविन्द्र फुल्लेल र सागर बस्याल चयन भएका छन् ।