रक्तिमको सम्मेलन सम्पन्न, अध्यक्षमा गिरीप्रसाद बुढा

बुटवल, बैशाख ३ गते । रक्तिम सांस्कृतिक अभियानको बुटवलमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनले गिरीप्रसाद बुढा अध्यक्ष रहेको नयां नेतृत्व चयन गरेको छ ।
तीन दिनसम्म चलेको सम्मेलनले गिरीप्रसाद बुढा अध्यक्षतामा १९ पूर्ण र ६ वैकल्पिक गरी २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो ।
रक्तिमको राष्ट्रिय सम्मेलनले पहिलो पटक वरिष्ठ उपाध्यक्षसहित तीन उपाध्यक्षको व्यवस्था पनि गरेको छ । वरिष्ठ उपाध्यक्षमा जीवन शाही र उपाध्यक्षद्वय मोहराज चालिसे र बाबुराम शर्मा चयन भएका छन् ।


यस्तै, महासचिवमा हेमराज आश्रम, सचिव सहविन अर्गेजा र कोषाध्यक्षमा अनन्तराज आचार्य चयन भएका छन् ।
सदस्यहरुमा मेस्मा पुन, विष्णु केसी, उषा तरामी मगर, विशाल राई, सुवर्ण भट्टराई, शोभा गोपाली, तमबहादुर रोका, जगत विक, सीता बस्याल, हिक्मत शाही, मञ्जु परियार र सुरज सुनार रहेका छन् ।

यस्तै, वैकल्पिक सदस्यमा मानबहादुर नेपाली, दिलीप परियार, हरि सर्तुङी मगर, दीपक गोल, सविता ठाडामगर, दीपक पन्थी रहनुभएको छ । सम्मेलनले ८१ सदस्यीय सांस्कृतिक सभा पनि गठन गरेको छ ।
केन्द्रीय सल्लाहकार परिषदको संयोजकमा रेम राना तथा सदस्यहरुमा तेजेन्द्र थापा, देवी शर्मा, मिना बुढाथोकी, शुसीला थापा, थुमराज ढुंगाना, गीता थापा, दानबहादुर थापा, नरमाया थापा, नेत्र राना, जीवन पुन, टीकासंगम र दानबहादुर सारु रहनुभएको १३ सदस्यीय केन्द्रीय सल्लाहकार परिषद् चयन गरिएको महासचिव हेमराज आश्रमले जानकारी गराएका छन् ।

नवनिर्वाचित समितिको आइतबार बसेको बैठकले संगठन सुदृढीकरण, पांच हजार सदस्यता वितरण, सांस्कृतिक तथा राजनीतिक प्रशिक्षण र लेनिनको जन्म शतवार्षिकीका अवसरमा अन्तरक्रिया सञ्चालन गर्ने निर्णय गरेको छ ।
रक्तिमको चौथो राष्ट्रिय सम्मेलनको वैशाख १ गते राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गरेका थिए ।