कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसर बुटवलमा सम्मान

विनोद खनाल
बुटवल, बैशाख ४ गते । नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीले कम्युनिष्ट पार्टी स्थापना भएको ७५ औं बर्ष पुगेको अवसर कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्वलाई सम्मान गरेको छ ।
सोमबार बुटवलमा एक कार्यक्रम गरी पार्टीले सम्मान गरेको हो । सम्मानित हुनेमा वरिस्ठ लेखक, साहित्यकार तथा अधिवक्ता दिल साहनी, बामपंथी नेता तथा कविवर रामचन्द्र भट्टराई, बामपन्थी अग्रज नेताहरु पूर्ण बहादुर थापा र ज्योतिलाल बिक हुनुहुन्छ ।

 


उक्त सम्मान कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी ब्यूरो इन्चार्ज वसन्त श्रेष्ठले कम्युनिष्ट पार्टी स्थापना गरि अगाडि बढाउने पुष्पलाल लगाएत सबै नेताहरूप्रती उच्च सम्मान प्रकट गरेका छन् ।

कम्युनिष्ट आन्दोलन हुंदै जनयुद्धसम्म आइपुग्दा र अहिलेसम्म निरन्तर रुपमा कम्युनिष्ट पार्टी, आन्दोलन र विचारको रक्षा गर्न अग्रजहरुले पुराएको योगदानलाई कहिल्यै पनि बिर्सन नहुने बताउंदै कम्युनिष्ट आन्दोलनका अगुवाहरुको सुझाव सल्हाबाट अगाडी बढ्नेमा जोड दिए ।
साथे नेता प्रज्जवलनले सम्मानित दिल सहानी, रामचन्द्र भट्टराई ,ज्योतीलाल बिक, पूर्णबहादुर थापा लगाएतले कम्युनिस्ट आन्दोलनमा खेलेको भुमिका र योगदानकोबारे प्रकाश चर्चा गरेका थिए ।

सम्मानित व्यक्तित्व साहित्यकार तथा अधिवक्ता दिल सहानीले सधैंभर क्रान्तिको पक्षमा निरन्तर कलम चलाइरहने प्रतिवद्दता जनाए ।
क्रान्तिको पक्षमा सडकमा एकपछि अर्को पार्टी रहिरहनु सुखद पक्ष भएको बताउंदै उनले भने– क्रान्तिकारीहरुको एकता आजको आवश्यकता हो ।

कार्यक्रममा वामपन्थी नेता तथा कवि रामचन्द्र भट्टराई, ज्योतिलाल बिक, थारु मुक्तिमोर्चाका अध्यक्ष नवीन थारु, जया पौडेल लगाएतले आआफ्ना भनाइ राखेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय प्रतिनिधि तथा रुपन्देही जिल्ला सेक्रेटरी बिरेन्द्र सीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।