जंगलमा लागेको डढेलो नियन्त्रण भएन, गुल्मीमा एक बालकको मृत्यु

बुटवल, बैशाख ८ गते । लुम्बिनीको तराई क्षेत्रको उत्तरी भेग र चुरेका पहाडी क्षेत्रको जंगलहरुमा डढेलो लागेको छ । केही दिनदेखि लागेको डढेलो नियन्त्रणम आउन सकेको छैन ।
भौगोलिक विकटता र डढेलो नियन्त्रण गर्नै कुनै औजार नभएकाले जंगलहरुमा लागेको डढेलो नियन्त्रणमा आउन नकसकेको हो । तराई र पहडी क्षेत्रका जंगलमा डढेलो लाग्ने जंगलको संख्या दैनिक रुपमा बढ्दै गएको छ ।

शुक्रबारसम्म लुम्बिनी प्रदेश भित्रका १ सय १५ बढी जंगलमा डढेलो लागेको वन कार्यालयहरुले बताएका छन् । लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयका अधिकृत एवं वन डढेलो नियन्त्रण युनिटका सदस्य केशर खड्काले लुम्बिनी प्रदेशका सबै जिल्लाका सबै जसो जंगलका डढेलो लागेको छ । सबैभन्दा बढी दाङका जंगलहरुमा डढेलो लागेको छ ।
पच्चिम नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी, प्यूठान, रुकुम पूर्वका धेरैजसो जंगलमा डढेलो लागेको छ ।

रुपन्देहीको चुरे क्षेत्रको जंगलमा पनि डढेलो लागेको छ । यस्तै प्यूठान, गुल्मी र अर्घार्खाची जिल्लाका सीमानामा पर्ने सामूदायिक वनजंगलमा पनि डढेलो लागेको छ । तीन जिल्लाको सीमानामा पर्ने सौतामारे सामुदायिक वन, भगवती साूदायिक वनमा डढेलो लागेको छ ।

गुल्मीमा एक बालकको मृत्यु

गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते भएका छन् । गुल्मीको धुर्कोट गाउंपालिका वडानम्बर–३ का १३ वर्षका दीपक मुखियाको मृत्यु भएको हो । पाल्पामा उपचारको क्रममा शुक्रवार बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले बताएका छन् ।
आगो निभाउने क्रममा धुर्कोट गाउंपालिका वडानम्बर–३ का ५५ वर्षका धनबहादुर जोगी कुंवर घाइते भएका छन् ।
घाइते कुंवरलाई थप उपचारका लागि बुटवल लगिएको डिएसपी पाण्डेले बताए । कुंवरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

धुर्कोट गाउंपालिका वडानम्बर–३ हाडहाडे बर्दवास जंगलमा बिहीबारदेखि लागेको डढेलो निभाउन गएका बेला उनीहरु जलेको प्रहरीले जनाएको छ ।
जंगलमा लागेको आगो निभाउन प्रहरी स्थानीय खटिएका छन ।

आगो नियन्त्रणमा आउन सकेको छैन । बिहीबार दिउंसो जिल्लाको इस्मा गाउंपालिका वडानम्बर ५ चापटारी सामुदायिक वनमा लागेको आगो वस्तीमा पुग्दा २ जनाको घर गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले बताए ।
आगलागीबाट इस्मा गाउंपालिका वडानम्बर ५ वस्ने रुद्रबहादुर कुमालको ढुंंगा माटोले बनेको टिनको छानो भएको ३ तले कच्ची घर र खरको छानो भएको १ तले कच्ची कटेरो जलेर पूर्णरुपमा नस्ट हुंदा गोठमा रहेका बाख्राहरु पनि मरेका छन् ।

 

वन तथा जंगलमा डढेलो लागेपछि अर्घाखांचीको हंसपुर दोवाटा, कालदिप, प्यूठानको विटडांडा, सौतामारे, गहतेरा, बाङेमरोड लगायतका गाउं डढेलोबाठ प्रभावित भएका छन् ।
जंगलमा लागेको डढेलाले हंसपुरको दोवाटा गाउंका ४ घर गोठ जलेका छन् । जंगलमा लागेको डढेलो वस्तीमा पसेपछि ४ घर गोठ जलेर नष्ट भएको स्थानीय भरत अधिकारीले जानकारी गराउनु भएको छ ।
पछिल्लो समय गाउंमा मानिसहरु गाउं छोडेर तराई र बजारमा झरेपछि वन जंगल बढेको थियो । जंगलमा घास दाउरा काट्ने मानिस नभएकाले पहाडतिरका जंगलहरु झागिएका थिए । अहिले उक्त जंगलहरुमा डढेलो लागेको छ ।