पाल्पाको जोरधारमा बस दुर्घटना हुंदा एक महिलाको मृत्यु

पाल्पा, बैशाख १० गते ।बुटवलबाट बाग्लुङको बुर्तिबाङतर्फ जांदै गरेको लु १ ख ५९५६ नम्वरको बस तानसेन– बुटवल सडक खण्डको पाल्पा तिनाउंको जोरधारामा दुर्घटना भएको छ । दुर्घटनामा  परी एक जना महिलाको  उपचारको क्रममा मृत्यु भएका छ भने ३५ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा  रुपन्देही देवदह नगरपालिकाकी अन्दाजी ३६ बर्षिया राधिका पौडेल रहेको प्रहरीले जनाएको छ ।

घाईतेहरुको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ । घाईते भएका मध्ये ५ जनाको अवस्था गम्भीर रहेको अन्यको हात खुट्टा, टाउको छातीमा चोटपटक लागेको मेडिकल कलेजका सुपरिटेनडेन्ट राजु शाक्यले बताए ।

वस तीब्र गतिमा रहेको, मोडमा साईड नकटेको कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले बताए ।

बस सडकबाट करीव १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतेको उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, शशस्त्र र स्थानीय जुटेका थिए ।