सम्झनामा लोकतन्त्र दिवस

बुटवल, बैशाख ११ गते । जनआन्दोलनबाट प्राप्त लोकतन्त्र । जनताले दिलो ज्यान दिएर प्राप्त गरिएको लोकतन्त्र । दिलो ज्यान दिएर लोकतन्त्र ल्याएको आज १७ वर्ष पुगेको छ ।
लोकतन्त्र दिवसको सम्झनामा सोमबार विभिन्न कार्यक्रम गरी मनाईएको छ । तत्कालिन आन्दोलनरत दल र तत्कालिन विद्रोही माओवादीको संयुक्त आह्वानमा राजतन्त्रको अन्त्य गरी लोकतन्त्र स्थापना भएको चैत्र ११ गते १७ वर्ष पुरा भएको छ ।

राजतन्त्रको अन्त्य भई नयां नेपालको खाका कोरिएको सुनौलो दिनका रुपमा वैशाख ११ लाई लिने गरिएको छ । राता झण्डा र परिवर्तनको नारा लागेको वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले आफू विजयी भएको दिनका रुपमा स्मरण गर्छन् ।


लोकतन्त्र दिवसका लागि २०६२÷६३ को जनआन्दोलन निर्णायक बनेको थियो । ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरंकुश राजतन्त्रले घुंडा टेक्न बाध्य भएको थियो ।

नेपालको राजनीतिक ईतिहासमा १९ दिने ऐतिहांसिक जनआन्दोलन वा दोस्रो जनआन्दोलनको रुपमा लिपिबद्ध गरिएको छ । जनआन्दोलनको सफलतापछि नेपाली जनताले संविधानसभामार्फत आफ्नो संविधान आफ्नै जनप्रतिनिधीमार्फत बनाउने अवसर प्राप्त गरेका थिए । जसका कारण नेपालको संविधान २०७२ जारी भएको थियो ।