मानव कल्याण मित्र मञ्चद्दारा भारतबाट वालक उद्दार

 बुटवल, बैशाख १२ गते । मानव कल्याण मित्र मञ्चले तिलोत्तमा रुपन्देहीले भारतमा हराएका रुकुम चौरजहारीका प्रकाश बोहोरालाई उद्दार गरी घर परिवारलाई बुझाएको छ ।
भारत उत्तर प्रदेशको देवरिया राजकीय वालगृहबाट रुकुम पश्चिम चौरजहारी निवासी १५ वर्षिय वालक प्रकाश बोहोरालाई उद्वार गरी वालकका वुबा बुधे बोहोरालाई बुझाईएको हो ।

वालकको उद्वारका लागि मानव कल्या मित्र मञ्चका अध्यक्ष दुर्गाप्रसाद अर्याल भारतको उत्तर प्रदेश पुगेर नेपाल ल्याएका हुन् ।मंगलरबार रुपन्देहीको तिलोत्तममा एक कार्यक्रमको आयोजना गरी वालकलाई घरपरिवारको जिम्मा लगाईएको हो ।
कक्षा नौ मा पढ्ने प्रकाश बोहोरा २०७९ असार १९ गते घरबाट बजारमा समान किन्न भनेर हिडेका प्रकाश बोहोरा भारत पुगेका थिए । चौर जहारीबाट नेपालगञ्ज हुंदै भारत गएको वालक प्रकाश बोहोराले बताए ।

प्रवासी मित्र मञ्चको सहयोगमा भारतको उत्तर प्रदेशको राजकीय वाल गृहबाट वालकलाई उद्वार गरिएको मानव कल्याण मित्र मञ्चका अध्यक्ष दुर्गाप्रसाद अर्यालले जानकारी गराएका छन् ।
अध्यक्ष अर्यालका अनुसार मानव कल्याण मित्र मञ्च र प्रवासी मित्र मञ्च भारतले खोजतलास गर्दा वाकल प्रकाश बोहोरा वालगृहमा भेटिएका थिए ।
हराएका वालक वालगृहमा भेटिएपछि त्यहांको अदालत र प्रहरी प्रशासनमा प्रकृया पुराएर उद्वार गरी नेपाल ल्याएर घरपरिवारलाई बुझाईएको हो ।
वालगृहमा रहेका वालकलाई प्रवासी मित्र मञ्चको सहयोगमा मानव कल्या मित्र मञ्चले उद्वार गरेको हो ।झण्डै एक वर्षदेखि भारतमा हराएका वालक घरपरिवारको सम्पर्कमा थिएनन् ।
महिला र वालवालिकाको क्षेत्रमा काम गर्दै आएको मानव कल्याण मित्र मञ्चले अहिलेसम्म दर्जन बढी वालबालिका भारतबाट उद्दार गरी नेपाल ल्याएर प्रशासन, जनप्रतिनिधि, मानव अधिकारकर्मी, सञ्चारकर्मीको रोहबरमा घरपरिवारलाई बुझाएको छ ।
मानव कल्या मित्र मञ्चका अध्यक्ष दुर्गाप्रसाद अर्यालको अध्यक्षता, मञ्चका कोषाध्यक्ष शालिकराम गौतमको सञ्चालनमा एक कार्यक्रमको आयोजना गरी वालकलाई वालकका वुबालाई जिम्मा लगाईएको हो ।

उक्त कार्यक्रममा बोल्दै उद्वार गरिएका वालका वुबा बुधे बोहोराले हराएको छोरा भेछिएपछि खुशीको सीमा नभएको बताउंदै भारतमा हराएको छोरालाई उद्वार गरी दिएकोमा मानव कल्याण मित्र मञ्चलाई धन्यबाद ज्ञापन गरे ।

रोटरी क्लव अफ मणिग्राम रुपन्देहीका २०२३ । २०२४ का अध्यक्ष निर्मल वस्यालले सामाजिकसंगै मानवीय क्षेत्रमा काम गरेर मानव कल्याण मित्र मञ्चले राज्यले गर्ने काम गरेको भन्दै प्रशंसा गरेका छन् ।