लुम्बिनी प्रदेशमा डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउने तयारी

       बुटवल, बैशाख १४ गते । लुम्बिनी प्रदेशमा बहुमतको सरकार गठनका लागि आज कांग्रेसको नेतृत्वमा ८ दलले दावी पेश गर्दैछ ।
कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारिएको छ ।

गत पुस २७ मा संविधानको धारा १६८ (२) अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन हुन लागेको हो ।

केन्द्रमा सत्ता समीकरण बदलिएका कारण माओवादीसहित ५ दलले समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत गुमाएका थिए । त्यसपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आज बिहीबार दावी पेश गर्ने कार्यक्रम रहेको नपाली कांगे्रसका एक नेताले बताए ।