सरकार गठनका लागि लुम्बिनी प्रदेश प्रमुखको आह्वानप्रति एमालेको आपत्ती

बुटवल, बैशाख १४ गते । नेकपा एमालेले लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि गरेको आह्नप्रति आपत्ती जनाएको छ । संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि गरेको आह्वान कानुन विपरीत भएको भन्दै एमालले आपत्ती जनाएको हो ।

प्रदेश प्रमुख शेरचनले मंगलबार सरकार गठनका लागि संबिधानको धारा १६८ को २ अनुसार गरेको आह्वान संबिधानको भावना र मर्म विपरीत छ नेकपा एमाले लुम्विनी प्रदेशसभामा संसदीय दलका प्रमुख सचेतक तुलसी चौधरीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

 

चौधरीले जारी गरेको बिज्ञप्तीमा यस अघि नै संबिधानको धारा २ बमोजिम गठन भएको सरकारले बिश्वासको मत नपाएर पदमुक्त भई सकेको अवस्थामा फेरी सोही धारा अनुसार संरकार गठनका लागि आह्वान गरीनु गलत भएको एमालेको दावीस् छ ।

संबिधानको धारा १६८ को २ बमोजिम गठन भएको सरकारले विश्वासको मत नपाएको अवस्थामा फेरि सोही धारा प्रयोग गर्नु कानुनी रुपमा सही नभएको उक्त विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ – देश प्रमुखले कानुनको मर्म र भावना बिपरीत गरेको उक्त आह्वान सच्याउनु पर्छ । प्रदेश प्रमुखकोे हस्तक्षेपकारी भूमिकाको बिरुद्ध आफुहरु कानुनी उपचारमा जाने एमाले प्रमुख सचेतक चौधरीको दावी छ ।