पूर्व गृहमन्त्री बालकृष्ण खाँण प्रहरीको नियन्त्रणमा

बुटवल, बैशाख २७ गते । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।
नेपाली सर्वसाधारणलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा पूर्वगृहमन्त्री खाँण एक आरोपित हुन् ।

खाँणलाई बुधबार बिहान काठमाण्डौसिथ्त मैजुवहालस्थित उनकै निवासबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । उनलाई अहिले प्रहरी परिसर टेकु लगिएको छ ।

यसअघि पक्राउ परेका विचौलियाहरुले खाँणलाई पोलेका थिए । उनीहरुले खाँण पत्नी मञ्जु खाँणलाई ६ करोड र आरजु राणालाई साढे दुई करोड रुपैयाँ बुझाएको अडियो यसअघि नै सार्वजनिक भैसकेको छ ।