एमाले सचिव टोपबहादुर रायमाझी पार्टीबाट निलम्बन

बुटवल, बैशाख २७ गते । नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई पार्टीबाट निलम्बन गरेको छ।

नक्कली भूटानी शरणार्थी प्रकरणका अनुसन्धानमा सहयोग पु¥याउन अनुसन्धान र कानुनी कारबाहीको अन्तिम टुङ्गो नलागेसम्म टोपबहादुरार्ई पदबाट निलम्बन गरिएको महासचिव शंकर पोखरेलले विज्ञप्ती जारी गरी जानकारी गराएका छन् ।


उक्त प्रकरणमा सचिव रायमाझीलाई अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएको विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै महासचिव पोखरेलले भनेका छन् – ‘हामी विधिको शासनमा विश्वास गर्दछौँ ।’

पक्राउ पुर्जी जारी हुनासाथ राज्यका अनुसन्धान निकायमा उपस्थिति भएर विधिवतरुपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएका पार्टी नेतृत्वलाई दिएको विश्वास विपरीत उनी सम्बन्धित निकायमा उपस्थित नभएको विषयलाई पार्टीले गम्भीरतापूर्वक लिँदै अविलम्बन सम्बन्धित निकायमा उपस्थित भई अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको जनाएको छ ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि टोपबहादुर गत वैशाख २० गतेदेखि सम्पर्कमा छैनन् । अर्घाखांचीबाट काठमाण्डौका लागि हिंडेका सांसदसमेत रहेका रायमाझी सम्पर्कमा नआएपछि प्रहरीले खोजी गरिरहेको छ ।
पूर्व उपप्रधानमनत्रीसमेत रहेका रायमाझीलाई प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ ।