सरकारको बैधानिक भ्रष्टाचार प्रमाणित – राजमो महासचिव
प्रदेश खारेज गर्नुको विकल्प छैन


पाल्पा, बैशाख २९ गते । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले सरकारले बैधानिक रुपमा भष्ट्रचार गर्दै आएको अहिले प्रमाणित भएको बताएका छन् ।
भ्रष्टाचारमा संलग्न कोही कसैलाई पनि छोड्न नहुने र हदैसम्मको कारवाही गरी भ्रष्टाचार गरेर कमाएको अपुत सम्पति राष्ट्रिय करण गर्नुपर्ने बताए ।
भ्रष्टाचारीहरुलाई उन्मुक्ति दिने काम भए त्यसकाविरुद्व देशव्यापी आन्दोलन गर्ने नेता भट्टले चेतावनी दिए ।

राष्ट्रिय जनमोर्चा पाल्पाको शुक्रबारदेखि शुरु भएको पांचौ जिल्ला सम्मेलनको उद्घाटन सत्रमा बोल्दै महासचिव भट्टले देशका उपप्रधानमन्त्री, गृहमन्त्री, गृह सचिव नै भष्ट्रचारको आरोपमा पक्राउ पर्नु नै राज्यले संगठित रुपमै भष्ट्रचार गर्दै आएको पुष्टि भएको हो भने ।
उनले संघीयताको कारण देशको ढुकुटी रित्तिएकाले, देश आर्थिक रुपले टाट पल्टिदै गएकाले तत्काल संघीय संरचनाको प्रदेश खारेज गरी स्थानीय तहलाई अधिकारमुखी बनाउनुको अर्को विकल्प नभएको उनको तर्क छ ।
चप्पल लगाएर सिंहदरवार छिरेका राजनीतिक दलका नेताहरुको हाइफाई जीवनशैली, करोडौका घर गाडी जग्गा किन्ने पैसा भष्ट्रचारबाट लुटेको पैसा भएको महासचिव भट्टको आरोप छ ।

उनले कांग्रेस, एमाले र माओवादीका नेताहरु बाडी चुडी खाने भष्ट्रचार गर्ने अभियानामा लिप्त रहेको दावी गर्दै भने – २०४६ पछिका नेता सांसदहरुको सम्पत्ती छानविन गर्नुपर्ने, श्रोत नखुलेको सम्पत्ती राज्यको नाममा जफत गर्नुपर्छ ।
ठुला राजनितिक दलहरु नेपाली जनताको भावना विपरित भारत र अमेरीका, युरोपियन युनियनको चाहाना संचालित रहेको र सरकार पनि सोही भावनाबाट परिचालित रहेको महासचिव भट्टको आरोप छ । जनताले नबुझेको कारण राष्ट्रिय जनमोर्चा देखिदा सानो देखिएपनि नेपालको परिवर्तन गर्ने शक्ति राष्ट्रिय जनमोर्चा नै रहेको दावी गर्नुभयो ।
राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सोमकुमार कार्कीले नेपाली नागरीकलाई गैर नागरीक बनाउने भष्ट्रचारीलाई कडा कानुनी कारवाही गर्नुपर्ने बताए ।उनले पार्टीले अवका दिनका भष्ट्रचार विरुद्धको अभियान गाउं गाउंमा संचालन गर्ने बताउंदै नेता कार्कीले भने – राष्ट्रिय जनमोर्चा गरिव, मजदुर किसान, जाती जनजाती, दलित सबै बर्गको हितमा काम गर्ने पार्टी हो ।
सम्मेलनमा अखिल छैटौका सचिव पुरन पोखरेल, अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष निरु थापा, अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य नर्मती सिंजाली, अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष कमल थापा लगायतले देशको विकास निर्माण गर्न, जनताको आयआर्जन बढाउन सबै जनता राष्ट्रिय जनमोर्चा बन्नु पर्ने अवस्था आएको बताए ।
पार्टीका जिल्ला अध्यक्ष विशाल दर्लामीको अध्यक्षता, उपाध्यक्ष मान बहादुर बयम्वुको स्वागत र सचिव तिलक गाहाको संचालनमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका महासचिव हेमराज आश्रमको टिमले जनवादी गीत र नृत्य प्रस्तुत गरेको थियो ।
दुई दिनसम्म चल्ने सम्मेलनले आगामी ३ बर्षका लागी नयाँ नेतृत्व चयन गर्ने छ ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










