राष्ट्रिय जनमोर्चा पाल्पाको अध्यक्षमा पुनः विशाल दलार्मी निर्वाचित

बुटवल, बैशाख ३० गते । राष्ट्रिय जनमोर्चा पाल्पाको अध्यक्षमा पुनः विशाल दर्लामी निर्वाचित भएका छन् । पाचौं जिल्ला सम्मेलनबाट विशाल दर्लामीको नेतृत्वमा नयां कार्यसिमित गठन गरिएको हो । सम्मेलन यही बैशाख २९ र ३० गते पाल्पाको तानेशनमा सम्पन्न भएको हो ।

नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा,मान बहादुर बयम्बु, सचिव बिरेन्द्र मिदुन, सहसचिब, नरमती सिंजाली, कोषघ्यक्ष – टिकाराम पौडेल रहेका छन् ।
त्यसतै सदस्यहरुमा पदम पौडेल, उमा सिंजाली, रामप्रसाद गैर,कमल थापा, पहलसिंह सिंजाली, जगबहादुर क्षेत्री, पूर्णबहादुर फाल, तिलक गाहा रहनुभएको छ । त्यसै गरी बैकल्पिक सदस्यहरुमा बिस्णुप्रसाद ज्ञवाली, मायां बिक, खुम आले र निरु सारु छन् ।  १३ पुर्ण ४ बैकल्पिक गरि १७ सदस्यीय नयाँ जिल्ला समिती निर्बाचित भएको छ ।

निर्वाचित भएपछि राष्ट्रिय जनमोर्चाका पाल्पाका नवनिर्वाचित अध्यक्ष विशाल दर्लामीले पार्टीको नीति र कार्यक्रमलाई जनताको वीचमा लैजाने प्रतिवद्वता जनाएका छन् ।
उनले देशमा देखिएको गलत प्रकारको राजनीतिलाई राष्ट्रिय जनमोर्चाले अघि सारेका नीति तथा कार्यक्रमले निरुत्साहित गर्ने बताए ।

सम्मेलन सफल बनाउन आर्थिक, भौतिक र नैतिक हिसाबले सहयोग गर्ने सबै क्षेत्र र मिडिया र मिडियाकर्मीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।