प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालको अध्यक्षमा डा. विष्णुप्रसाद पोखरेलको घोषणा

बुटवल, बैशाख ३० गते । प्रजातन्त्रवादी प्राध्यापक संघ,  नेपालको केन्द्रिय अध्यक्षमा डा. विष्णुप्रसाद पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् ।
आगमी जेठ १९ र २० गते संघको पांचौ राष्ट्रिय अधिवेशन काठमाण्डौस्थित प्रज्ञा प्रतिष्ठानमा हुंदै छ ।

उक्त अहिवेशनबाट नयां नेतृत्व चयन हुने भएकाले त्रिुवन विश्वविद्यालयका सहप्राध्यापक डा. विष्णुप्रसाद पोखरेलले अध्यक्षका लागि बुटवलबाट आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
शनिबार बुटवलमा प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल  सिद्दार्थ गौतमबुद्द क्याम्पस इकाईले आयोजना गरेको भेला तथा कार्यक्रममा पोखरेलले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
रुपन्देहीका आंगिक तथा पव्लिक क्याम्पसरुमा कार्यरत नेपाली कांगे्रस निकट प्राध्यापकहरुले  प्रजातान्त्रिक प्राध्यापक  संघ, नेपालको केन्द्रिय अध्यक्षमा डा. विष्णुप्रसाद पोखरेललाई समर्थन गर्ने प्रतिवद्वता जनाएका छन् ।

अध्यक्ष जगतप्रसाद तिमिल्सेनाको साथमा अध्यक्ष जित्ने गरी प्रचार– प्रसारका लागि डा. विष्णुप्रसाद पोखरेल देश दौडाहामा हिडेका छन् ।
प्रजातन्त्रवादी प्राध्यापक संघ,   नेपालको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पोखरेलले आंगिक, पव्किल क्याम्पसलगायत आमशिक्षा क्षेत्रका समस्या समाधानका लागि आफ्नो उम्मेदवार रहेको प्रतिवद्वता जनाएका छन् ।

उनले अब कुनैपनि हालतमा अधिवेशन नरोकिने बताउंदै राजनीतिक नेतृत्व पनि समयमै अधिवेशन गराउने पक्षमा भएकाले तयारी गर्न सबै प्राध्यापकहरुलाई आग्रह गरेका छन् ।
प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालका केन्द्रिय अध्यक्ष सहप्राध्यापक जगतप्रसाद तिमिल्सेनाले तोकिएकै मितिमा अधिवेशन हुने र समयको माग अनुसार संघलाई अगाडी बढाउन सक्ने खालको नेतृत्व चयन गर्नुपर्ने बताए ।

हरप्रकार समस्याहरु समाधान गर्नुपर्ने र त्यसका लागि अहिलेको अवस्थामा वर्तमान सचिव डा. विष्णुप्रसाद पोलरेललाई अध्यक्षमा ल्याउनु पर्ने बताउंदै उनले भने– सबै प्राध्यापक साथिहरु डा. विष्णुप्रसाद पोखरेललाई अध्यक्ष बनाउने अभियानमा लाग्नुस् ।

प्रजातन्त्रवादी प्राध्यापक संघ सिद्दार्थ गौतमबुद्द क्याम्पस इकाई अध्यक्ष तारा ज्ञवालीको अध्यक्षता र सचिव सुमन घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा सिद्वार्थ गौतमबुद्ध क्याम्पसका प्रमुख विष्णुप्रसाद राना, प्रध्यापक तारा पराजुली, गोपाल चापागाई, यम शर्मालगायतले बोल्दै प्रजातान्त्रिक प्राध्यापक संघ नेपालको अध्यक्ष डा. विष्णुप्रसाद पोखरेललाई अध्यक्ष बनाउन समर्थन गरेका छन् ।

सहप्राध्यापक डा. विष्णुप्रसाद पोखरेल प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालको केन्द्रिय कोषाध्यक्ष हुंदै वर्तमान सचिव हुन् । प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालको केन्द्रमा रहेर १० वर्ष काम गरिसकेका डा. पोखरेल अनुभवी सहप्रध्यापक हुन् ।