सडक दुर्घटना न्यूनिकरणका लागि सवारी साधन परिक्षण

विष्णु घिमिरे
बुटवल, बैशाख ३० गते । नेपाल अटो मेकानिक्स टे«ड युनियन बुटबल रुपन्देहीले सडक दुर्घटना न्यूनिकरणका लागि निःशुल्क सवारी साधन परिक्षण तथा सचेतनामूलक कार्यक्रम गरेको छ । नेपाल अटो मेकानिक्स टे«ड युनियन लुम्बिनीशको आयोजना तथा लुम्बिनी प्रदेश ट्राफिक कार्यलयको समन्वयनमा उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै नेपाल अटो मेकानिक्स टे«ड युनियनका केन्द्रीय सल्लाहाकार मदन रावलले कन्डीसन भएका सवारी साधनहरु सडमा नगुडाउंदा सवारी दुर्घटनामा मानिसहरुले ज्यान गुमाउन परेको बताए ।
नेपाल अटो मेकानिक्स टे«ड युनियनले सडकमा गुड्ने गाडीहरुको अवस्था के कस्तो छ भनेर बुझ्नका लागि चेकजाच तथा पशिक्षण कार्यक्रम गरिएको बताए ।

नेपाल अटो मेकानिक्स टे«ड युनियनका केन्द्रीय प्रशिक्षण विभाग प्रमुख अजुर्नप्रसाद भण्डारीले नेपाल अटो मेकानिक्स टे«ड युनियनले पहिलो चरणमा मेकानिक्सहरुलाई परिक्षण दिएको बताए ।
दोस्रो चरणमा सवारी साधनहरुको चेकजाच तथा सचेतनामूलक कार्यक्रम लुम्बिनी प्रदेशको बुटवलबाट शुरु गरिएको हो ।
अभियान बुटबलहुंदै दाङ र क्रमस धढनगडी, विराटनगर,काठमान्डौ र चितवन लगायतका ठाउंहरुमा सुरु गरिने छ ।
अहिले नयां टेक्नोलोजिका गाडीहरु आएका हुंदा चालकहरुले चलाउन नसक्दा धेरै दुर्घटना बढदै गएकाले अभियान सन्चालन गर्नुपरेको हो ।
शनिबार बुटवलमा साना– ठूला गरी करिब ३ सय गाडीहरु चेकचाज गर्दा धेरै गडीहरुमा समसया देखिएको नेपाल अटो मेकानिक्स टे«ड युनियनका बुटबल इकाई अध्यक्ष गोपाल कुंवरले जानकारी गराए ।