एमालेका सांसद टोपबहादुर सांसदबाट निलम्बित
बुटवल, जेठ १ गते । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यबाट पनि निलम्बित भएका छन् ।
रायमाझीलाई सोमबार सांसदबाट निलम्बन गरिएको जानकारी सभामुख देवराज घिमिरले संसद बैठकमा पढेर सुनाएका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी गरेपछि सम्पर्कविहिन भएका रायमाझीलाई प्रहरीले आईतबार राती बुढानीलकण्ठ पासिकोटबाट पक्राउ गरेको थियो ।
प्रहरीले रायमाझीलाई पक्राउ गरेको सूचना संसद सचिवालयमा पुगेपछि सांसदबाट निलम्बनमा परेका हुन् । यसअघि वैशाख २७ गते नेकपा एमालेले पार्टी सचिवबाट पनि निलम्बन गरेको थियो ।
रायमाझीलाई सोमबार म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा रायमाझी अर्घाखांचीबाट निर्वाचित भएका हुन् ।