अर्घाखांची ढाकावाङ आगोलागि घटनामा संलग्न ४ जना पक्राउ

अर्घाखांची, जेठ २ गते । अर्घाखांचीको ढाकावाङमा आगोलागी घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत वैशाख २६ गते वनमा लागेको डढेलोले घर टिप्दा चार जनाको मृत्यु भएको भएको थियो । उक्त आगो लागिको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएरु सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा अर्घाखांचीको भूमिकास्थान नगरपालिका वडा नं २ का वर्ष ३६ को दिनेश थापा, वर्ष १८ को दिपक विक, वर्ष ७० का देवीराम बेल्बासे र वर्ष ३६ को धर्मराज बेल्बासे रहेका छन्। सो घटनामा परी स्थानीय ७२ वर्षीय पिताम्बर बेल्बासे, ३६ वर्षीय माधब बेल्बासे, ५२ वर्षीय घनश्याम बेल्बासे र ५५ वर्षीय पदमप्रसाद बेल्बासे घाइृते भएका थिए । उपचारको क्रममा चारै जनाको ज्यान गएको थियो । घटनामा परी वर्ष २६ की अस्मिता बेल्बासे घाइते छन् ।
प्रहरीले जंगलमा आगो लगाउने चार जनालाई वैशाख ३१ गते पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । उनीहरुविरुद्ध पांच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको अर्घाखांची प्रहरीले बताएको छ ।