भ्रष्टाचारको बिरोध गर्दै बुटवलमा प्रदर्शन

बुटवल, जेठ २ गते । भ्रष्टाचारमा संलग्नहरुलाई कारवाहीको माग गर्दै बुटवलमा बिरोध प्रदर्शन गरिएको छ । भ्रष्टाचारमा संलग्नहरुलाई नछोड्न र भ्रष्टाचारका सबै फाइलहरु खोल्न सरकारसंग माग गर्दै मंगलबार बुटवलमा बिरोध प्रदर्शन गरिएको हो । क्रान्तिकारी कम्युनिष्ट पार्टी रुपन्देही र नेकपा मशालले भ्रष्टाचारको बिरोध गर्दै प्रदर्शन गरेका हुन् ।

बिरोध प्रर्दशापछि आयोजित कोणसभामा बोल्ने वामपन्थी नेताहरुले मानव तस्करीमा संलग्नहरुलाई कारवाही र राष्ट्रघाती नागरिकता विधेयक खारेज गर्न सरकारसंग माग गरेका छन् ।पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खांण, एमालेका सचिव टोपबहादुर रायमाझीलगायत मानव तस्करीमा संलग्नहरुलाई कारवाही नभए सरकारका विरुद्व शसक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।


कार्यक्रममा बोल्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता केवी गुरुङले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहलाई कारवाही गरी भ्रष्टाचारका सबै फाइलहरु सरकारले नखोलेसम्म आन्दोलन नरोकिने बताए ।

वामपन्थी नेता कृष्ण पौडेलले भ्रष्टाचारको जालामो कांगे्रस,माओवादी र एमाले तिनै दलका नेताहरु संलग्न रहेको आरोप लगाउंदै भ्रष्टाचारीलाई उम्कन दिन नहुने बताए ।
कार्यक्रममा भुपेन्द्र न्यापने, छत्रबहादुर थापा,दीपक पौडेल, प्रवेश र बाबुराम आचार्यल लगायतले बोल्दै भ्रष्टाचारीलाई छिटो भन्दा छिटो कारवाही गर्न माग गरेका छन् ।

नक्कली भुटानी श्ररणार्थी प्रकरण बाहिरिएसंगै निस्पक्ष छानविनको माग गर्दै देशभर विभिन्न राजनीतिक दल तथा संघ संस्थाहरुले प्रदर्शन गर्दै आएका छन् ।