मोटरसाइकल दुर्घटनाबाट प्यूठानका श्रीधरको बुटवलमा मृत्यु

बुटवल, जेठ ४ गते । रुपन्देहीको बुटवलमा भएको सवारी दुर्घटनामा परी प्यूठानका एक युवकको मृत्यु भएको छ । प्यूठान झिमरुक गाउंपालिका ५ जाइखोरका श्रीधर पोखरेलको बुटवलको पूर्व– पश्चिम राजमार्गको पाखापानी भन्ने ठाउंमा मोटरसाईक दुर्घटनामा परी मृत्यु भएको हो । बुधवार राती बुटवलबाट जीतगढीमा रहेको घरमा जांदै गरेको अवस्थामा उनी आफै चढेको मोटरसाइकलबाट दुर्घटनामा परेका थिए ।

उनी आफैले चलाएको लु ६३ प ८१८५ नं. को मोटरसाईकल पाखापानीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मोटरसाईक दुर्घटनामा परी बेहोस अवस्थामा भेटिएका स्थानीय र प्रहरीले उद्वार गरी उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशीक अस्पतालमा लगेका थिए । अस्पताल पुराउंदा ४५ वर्षिय श्रीधर पोखरेल मृत्यु भएको डाक्टरहरुले घोषणा गरेका थिए ।
नेपाल प्रहरी राजमार्ग सुरक्ष्ाँ तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पश्चिमबाट आएको मोटरसाईकल सडकको विपरित साईडमा पल्टिएको भेटिएकाले अनियन्त्रित भई दुर्घटनामा परेको हुनसक्ने आशंक गरिएको छ । घटनाबारे सडक छेउछाउमा राखिएका सिसिटिभी फुटेजको आधारमा अनुसन्धान गरिने प्रहरीले बताएको छ ।
आफन्त र घरपरिवारले कुनै अन्य साधनले ठक्कर दिएको वा दुर्घटनाको कारण अन्य सवारीका साधनहरु हुन सक्ने सम्भावना बढी भएको बताएका छन् ।
ठाउंठाउंमा भएका सिसिटीभी क्यामराहरु हेरेर सत्यतथ्य पत्ता लगाउन प्रहरीसंग माग गरिएको छ ।

कन्टक्सनको क्षेत्रमा काम गर्दै आएका मृत्क पोखरेलका एक श्रीमती र छोराछोरी छन् ।

बुटवललाई कर्मथलो बनाएर कन्टक्सनको क्षेत्रमा काम गर्दै आएका मृतक श्रीधर पोखरेल प्यूठान रुपन्देही सम्पर्क मञ्चका आजीवन सदस्य थिए । श्रीधर पोखरेलको मृत्युप्रति प्यूठान – रुपन्देही सम्पर्क मञ्चले श्रदाञ्जली अर्पण गरेको छ ।

मृतकको  दुर्घटनाबारे सुक्षम ढंगले अनुसन्धान गरी घटनाको सत्यतथ्य बाहिर ल्याउन सम्पर्क मञ्चका अध्यक्ष श्यामलाल पोखरेल र सचिव प्रदीप जीसीले जारी गरेको विज्ञप्तीमार्फत प्रहरी प्रशासनलाई आग्रह गरिएको छ ।