पूर्व लडाकूको शिविरमा मैले भ्रष्टाचार गरेको छैन – प्रम

बुटवल, जेठ ४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व लडाकूको शिविरमा भ्रष्टाचार गरेको आरोप पूर्वाग्रही भएको दावी गरेकाछन्
पूर्व लडाकूको शिविरमा भ्रष्टाचार भएको विषयमा दोषी ठहरिए आफू जेल जान तयार रहेको बताएका छन् ।
बिहीबार संदमा भएको प्रश्न उत्तरमा प्रधानमन्त्री प्रचण्डले पूर्व लडाकू शिविरको भौतिक पूर्वाधार र रासन पानीका लागि दिएको सम्पूर्ण रकमको अडिट रेकर्ड रहेको भन्दै दावी गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले भने –‘त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री, डा. रामशरण महत अर्थमन्त्री थिए ।
उनीहरुले रुजु गरिसकेको यो विषयलाई राजनीतिक आग्रह पूर्वाग्रहले अनावश्यक कुरा गरेको सुन्दा आफैं अश्चर्यमा परेको प्रधानमन्त्री प्रचण्डले बताए ।
प्रधानमन्त्री प्रचण्डले पूर्व लडाकूको शिविरमा आफ्नो कुनै संलग्नता नभएको र भ्रष्टाचार नगरेको दावी गर्दै आएका छन् ।