चन्दा उठाएको आरोपमा नेकपा बहुमत पाल्पा संयोजक कारवाहीमा

बुटवल, जेठ ७ गते । चन्दा उठाएको आरोपमा नेकपा (बहुमत) पाल्पाका संयोजक मुक्ति गैरे कारवाहीमा परेका छन् ।

नेत्रविक्रम चन्द नेतृत्य नेकपा विभाजन भएपछि धमेन्द्र र सुदर्शनको नेतृत्वमा गठित नेकपा –(बहुमत) को पाल्पा संयोजक थिए मुक्ति गैरे ।रुपन्देहीका केही व्यवसायीलाई धम्काएर चन्दा उठाएको आरोपमा पाल्पाका   मुक्ति गरैलाई नेकपा (बहुमत) पार्टीले कारवाही गरेको हो ।

चन्दा उठाएर आर्थिक अराजकता मच्चाएको भन्दै गैरेलाई नेकपा (बहुमत) पार्टीले रुपन्देही जिल्ला पार्टी कार्यालयमा ३ दिन भित्र उपस्थित हुन अल्टिमेटम दिएको छ ।
उक्त समूहका प्रवेश र विजयले शनिबार संयुक्त वक्तव्य जारी गरी गैरेलाई कार्यालयमा उपस्थित नभए थप कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

गैरेले रुपन्देहीका व्यवसायी र शैक्षिक संस्थाहरुबाट आर्थिक उठाएको र होटलमा बसी जाँडरक्सी खाँदै हिडेको वक्तव्यमा उल्लेख छ ।
सरकारले नेकपालाई प्रतिबन्ध लगाएको बेला गैरेले प्रहरीसामु आत्मसमर्पण गरेको र महिला सहयोद्धालाई यौनजन्य दुव्र्यवहार गरेको पार्टीमा गैरेलाई आरोप लागेको थियो ।
उनले नेत्रविक्रम चन्द नेतृत्व नेकपाविरुद्व सामाजिक सञ्जालहरुमा अनर्गल प्रचार गर्दै आएका थिए ।

गैरेले आफुलाई पत्रकार बताउदै आएका छन् ।