अमेरिकाले नेपालमा राजनीतिक हस्तक्षेप बढायो – पौडेल

अमेरिकी साम्राज्यवाद विरुद्को मेची – महाकाली अभियान समापन

 बुटवल, जेठ १५ गते । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले अमेरिकाले नेपालमा राजनीतिक हस्तक्षेप बढाएको बताएकी छन् । अमेरिकाले रवी लामिछानेको नेतृत्वमा नेपालमा पार्टी गठन गरेर राजनीतिक हस्तक्षेप बढाएको दावी गरिन् ।


राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवाद विरुद्व सञ्चालन गरेको मेची – महाकाली अभियानको सोमबार बुटवलमा समापन गर्नका लागि ओजित कार्यक्रममा बोल्दे नेतृ पौडेलले नेपालमा विदेशी हस्तक्षेप बढेको उल्लेख गरिन् । भारतीय साम्राज्यवादको हस्तक्षेप व्यहोर्दै आएको नेपालले पछिल्लो समय अमेरिकाले विकासको नाममा एमसिसी परियोजना ल्याएर नेपालमा हस्तक्षेप बढाएको छ भनिन् ।
पूर्व सांसद रहेकी राष्ट्रिय जनमोर्चाको प्रवक्तासमेत रहेकी नेतृ पौडेलले भनिन् – एमसिसीको नाममा अमेरिकाले नेपालमा आफ्ना सेना भित्राएको शेन्य अखडा बनाउन लागेको छ ।
उनले विदेशी हस्तक्षेप र ठूला दल र ति दलका नेताहरु भ्रष्ट भएपछि गणतन्त्र धरापमा परेको बताइन ।

संघीयताका कारण देश आर्थिक रुपमा टाट पल्टिएको बताउंदै नेपालको हकमा संघीयता सम्भव नभएकाले प्रदेश खारेज देशलाई अगाडी बढाउनु पर्ने उनको भनाइ छ । संघीयता खारेज गरेर नेपालका लागि प्रजातान्त्रिक विकेन्द्रिकरण सहितको एकात्मक शासन प्रणाली उपयुक्त हुने दावी गरिन् ।


नेकपा मसालका लुम्बिनी प्रवक्ता तिलक जीसीले राजनीतिक र आर्थिक रुपले संकटमा परेको देश, अमेरिकी र भारतीय साम्राज्यवादी हस्तक्षेपले झनै संकटमा परेको बताए ।
उनले गणतन्त्र धरापमा परेको उल्लेख गर्दै गणतान्त्रिक व्यवस्था ठिक भएपनि ठूला दलका नेताहरु भ्रष्ट हुंदा व्यवस्था नै धरापमा परेको बताए ।

अखिल छैठौंका केन्द्रिय अध्यक्ष देवेन्द्र कुंवरले हिजो गणतन्त्र ल्याउन लडेकाहरुबाटै आज गणतान्त्रिक व्यवस्था खतरामा परेको बताए ।जवजव देश संकटमा पर्छ तयसबेला राष्ट्रिय जनमोर्चाले राष्ट्रिय मुद्वा बनाएर जनताको विचमा जाने गरेको बताउंदै मुलुकको राष्ट्रियता चिन्ता र चासो राष्ट्रिय जनमोर्चाले मात्रै राख्दै आएको विद्यार्थी नेता कुंवरले बताए ।
अदालतले जघन्य अपराध ठहर गरेर जन्मकैदको फैसला गरेको रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसरमा आममाफी दिएर सरकारले गणतन्त्रको अपहेलना गरेको बताउंदै उनले भने – देशलाई राजनीतिक र आर्थिक रुपले अस्थिर बनाएर विदेशी साम्राज्यवादी शक्तिहरुले नेपालमा योजनावद्द रुपमा हस्तक्षेप बढाएको बताए ।

राष्ट्रिय जनमोर्चा रुपन्देही सचिव टानबहादुर केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

गत जेठ १ गते कञ्चनपुरको महेनद्र नगर र बाग्लुङबाट एकै दिन राष्ट्रिय जनमोर्चाले राष्ट्रिय रुपमा सञ्चालन गरेको अमेरिकी साम्राज्यवाद विरुद्वको मेची – महाकाली अभियान सोमबार समापन भएको छ ।
बाग्लुङबाट शुरु भएको अभियानको सोमबार काठकाण्डौमा समापन भएको छ, भने कञ्चनपुरको महेन्द्र नगरबाट शुरु भएको अभियानको समापन सोमबार बुटवलमा समापन गरिएको छ ।