राष्ट्रपति रामचन्द्र पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण, चौतर्फी बिरोध

 काठमाडौं, जेठ १७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानुअघि बुधबार राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्दिएका हुन् ।
विवादित नागरिकता विधेयक पारित गर्न भारतले दबाब दिंदै आएको थियो ।
विवाद र जनताको दबाबका कारण लामो समयदेखि जारी हुन नसकेको नागरिकता विधेयक प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा राष्ट्रपतिले प्रमाणीकरण गरेका हुन् ।

यसअघिका राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्बाट दुई–दुईपटक पारित गरेर पठाउंदा पनि प्रमाणीकरण नगरिदिंदा नागरिकता विधेयक शीतल निवासमा थन्केर बसेको थियो।

प्रचण्ड नेतृत्व सरकारले सो नागरिकता विधेयक प्रमाणीकरणका लागि यही जेठ १२ गते राष्ट्रपति पौडेललाई आग्रह गर्ने निर्णय गरेको थियो।

यसअघि २०७९ साउन २९ गते संघीय संसद्का दुवै सदनबाट पारित विधेयक राष्ट्रपति भण्डारीले फिर्ता पठाएकी थिइन्। त्यसपछि फेरि भदौ २० गते संसद्का दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि पठाएको विधेयक भण्डारीले शीतल निवासमै अड्काएकी थिइन्।

सोही रोकिएको विधेयकलाई अहिलेका राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन्।
राष्ट्रपति पौडेलले नागरिकता विद्येयक प्रमाणीकरण गरेपछि अहिले उनको देशभर बिरोध भैरहेको छ ।
प्रधानमन्त्री भारत भ्रमण जानुको पूर्वसन्ध्यामा भारतले नेपालको भूमि लुम्बिनी र कपिलवस्तु आफ्नो संविधानमा राख्नु र नागरिकता प्रमाणी करण गरेर प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणको चौतर्फी बिरोध भएको छ ।
विभिन्न सामाजिक सञ्जालहरुमा देश विदेशमा रहेका नेपालीलले अपशब्द नै प्रयोग गरेर राष्ट्रपति रामचन्त्रद्र पौडेल, यो सरकार र प्रधानमन्त्रीको आलोचना गरिएको छ ।