कपिलवस्तु र लुम्बिनीलाई भारतको नक्सामा राखेकोप्रति मसाल र राष्ट्रिय जनमोर्चाको आपत्ति

 बुटवल, जेठ १७ गते । नेकपा मसाल र राष्ट्रिय जनमोर्चाले नेपालको कपिलवस्तु, लुम्बिनी लगायत क्षेत्रलाई आफ्नो नक्सामा समेटेर ‘अखण्ड भारत’ भन्ने नक्सा संसद भवनमा टाँसेकोप्रति आपत्ति जनाउंदै बिरोध गरेका छन् ।

नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले छुट्टाछुट्टै विज्ञप्ती जारी गरी भारतले आफ्नो साम्राज्यवादी चरित्रलाई नाङ्गो रुपमा अगाडि बढाएको बताएका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सो बारेमा गम्भीरतापूर्वक कुरा उठाउन र देशको स्वाभिमान एवम् अखण्डताको रक्षा गर्न नेकपा मसाल र राष्ट्रिय जनमोर्चाले आग्रह गरेको छ ।
नेपाल र पाकिस्तानका भू–भागलाई सम्मिलित गरी भारतले संसद भवनमा राखेको नक्साले नेपालको सार्वभौमसत्ता र अखण्डतालाई गम्भीर रुपमा होच्याउने कार्य गरेको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ – भारतको उक्त कार्यको हाम्रो पार्टीले घोर विरोध तथा भत्र्सना गर्दछ । संसद भवनमा राखिएको भारतको नक्साबाट नेपालका भू–भागलाई अविलम्ब हटाइनु पर्दछ । नेपालका प्रधानमन्त्रीले भारत भ्रमणको अवसरमा त्यस विषयमा भारतीय समकक्षीसँग गम्भीरतापूर्वक कुरा उठाउनुपर्ने कुरामा हामीले जोड दिन्छौ । भारतीय साम्राज्यवादले शुरुदेखि नै नेपाललाई भारतमा गाम्भका लागि विभिन्न षड्यन्त्र गरिरहेको कुरा कसैबाट नलुकेको विज्ञप्तमिा उल्लेख गरिएको छ ।
विज्ञप्तीका पूर्णपाठ

नेपाल कम्युनिस्ट पार्टी मसाल

प्रेस वक्तव्य
भारतले नेपालका कपिलवस्तु, लुम्बिनी लगायतका भूभागलाई समेत समेटेर अखण्ड भारत भनिएको नक्सा आफ्नो संसद भवनको भित्तामा राखेको छ । उक्त कार्यले भारतको साम्राज्यवादी चरित्रलाई नाङ्गो रुपमा अगाडि बढाएको छ । हामीले भारतीय साम्राज्यवादको त्यस प्रकारको कार्यलाई निन्दा र भ्रत्र्सना गर्दछौँ । हामीले हाम्रो पार्टीका सबै तह लगायत सम्पूर्ण नेपाली जनतालाई भारतीय साम्राज्यवादको उक्त कार्यका विरुद्ध देशव्यापी रुपमा विरोध सहित प्रदर्शन गर्नका लागि आव्हान गर्दछौँ । नेपालका प्रधानमन्त्रीले भारतको भ्रमण गर्नु ठीक पूर्व भारतले उक्त नक्सा सार्वजनिक गर्ने काम गरेको छ । भारतको उक्त कार्यबाट दुई मुलुक विच कायम रहँदै गरेको सम्बन्ध र मित्रतामाथि गम्भीर आँच पुग्ने कुरा निश्चित छ । हामीले आशा गर्दछौँ कि नेपालका प्रधानमन्त्रीले यस विषयलाई गम्भीरतापूर्वक उठाउँदै देशको राष्ट्रियता र अखण्डतालाई सुदृढ गर्न ठोस निष्कर्षमा पु¥याउनु हुनेछ ।
२०८० जेष्ठ १६
मोहनविक्रम सिंह
महामन्त्री
राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ नपा। १०, ज्योतिनगर, कपन, काठमाडौं

विज्ञप्तीका पूर्णपाठ

प्रेसवक्तव्य

भारतको नवउद्घाटित संसद भवनमा नेपालको कपिलवस्तु, लुम्बिनी र विराटनगरसहितका भू–भाग सम्मिलित गरी राखिएको नक्साप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानकर्षण भएको छ ।

नेपाल र पाकिस्तानका भू–भागलाई सम्मिलित गरी भारतले संसद भवनमा राखेको नक्साले नेपालको सार्वभौमसत्ता र अखण्डतालाई गम्भीर रुपमा होच्याउने कार्य गरेको छ । भारतको उक्त कार्यको हाम्रो पार्टीले घोर विरोध तथा भत्र्सना गर्दछ । संसद भवनमा राखिएको भारतको नक्साबाट नेपालका भू–भागलाई अविलम्ब हटाइनु पर्दछ । नेपालका प्रधानमन्त्रीले भारत भ्रमणको अवसरमा त्यस विषयमा भारतीय समकक्षीसँग गम्भीरतापूर्वक कुरा उठाउनुपर्ने कुरामा हामीले जोड दिन्छाँै । भारतीय साम्राज्यवादले शुरुदेखि नै नेपाललाई भारतमा गाम्भका लागि विभिन्न षड्यन्त्र गरिरहेको कुरा कसैबाट लुकेको छैन । नेपालसहितका अन्य छिमेकी मुलुकलाई समेटेर अखण्ड भारत कायम गर्ने रणनीतिअन्तर्गत भाजपाको वर्तमान सरकारले लामो समयदेखि प्रयत्न गरिरहेको कुरा पनि कसैबाट लुकेको छैन । त्यही रणनीतिअन्तर्गत नै उक्त नक्सा राखिएको कुरामा कुनै शंका छैन । तसर्थ भारतको उक्त रणनीतिका विरुद्ध संघर्षमा उत्रित सम्पूर्ण देशभक्त, जनतान्त्रिक शक्तिहरुका साथै पार्टीका विभिन्न तहले पनि संघर्षको कार्यक्रमलाई अगाडि बढाउन अपील गर्दछु ।

२०८० जेठ १७ गते

चित्रबहादुर के।सी।
अध्यक्ष