भारतीय विदेश राज्यमन्त्रीले गरिन् नेपालका प्रधानमन्त्रीलाई स्वागत

बुटवल, जेठ १७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने औपचारिक भ्रमणका सिलसिलामा बुधबार नयाँ दिल्ली पुगेका छन् । करिब १२० सदस्यीय टोलीको नेतृत्व गर्दै उनी दिल्ली गएका हुन् ।
बुधबार दिउँसो नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय बिमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् ।