लुम्बिनी र कपिलबस्तुको नेपाली भु-भाग समेटेर भारतीय नक्सा निकाल्नु गलत – नेकपा रुपन्देही

नक्सा नसच्याए आन्दोलन गर्ने चेतावनी

बुटवल, जेठ १८ गते । भारतले नयाँ संसद भवनमा “अखण्ड भारत“ को नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु लगायतका स्थान समेटेर राखिनु गलत भएको भन्दै नेकपा रुपन्देहीले घोर निन्दा एवं भत्सर्ना गरेको छ।
पटकपटक नेपालमाथि हस्तक्षेप गर्दै आएको भारतले नयाँ संसद भवनमा नेपालका भुभागहरुसमेत समेटेर नयाँ नक्सा राखीएकोमा चौतर्फि बिरोध भएको छ।
यसैवीच नेकपा रुपन्देहीले बिज्ञप्ती जारी गर्दै यसरी हस्तक्षेपको शिकार भईरहँदा पनि सरकार र शासकहरु मुकदर्शक बन्नु दुखद रहेको बताउँदै सम्पुर्ण देशभक्त नागरिकहरुलाई आन्दोलनमा लाग्न अपिल समेत गरेको छ।

बिज्ञप्तिको पूर्णपाठ
भारतीय साम्राज्यवादले नेपालको सार्बभौमसत्ता, अखण्डता राष्ट्रियता स्वाधीनता माथी ठाडो हस्तक्षेप गर्दै आइतबार भारतीय नया संसद भवनमा झअखण्ड भारतञ को नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु लगायतका स्थान समेटेर राखिएको नक्साको विषयमा हाम्रो पार्टी घोर निन्दा एवं भत्सर्ना गर्दछ ।


भारतले वर्षौंदेखि अतिक्रमित भुभागहरु कालापानी, लिम्पियाधुरा, लिपुलेक, सुस्ता लगायतका दर्जनौं भु– भागहरुमा अतिक्रमण गरेको छ । पटक – पटक भारतीय साम्राज्यवादले हाम्रो भुमीमाथी नाङ्गो हस्तक्षेप गर्दा पनि सरकारको नेतृत्व गरेका नेता र पार्टीहरु राष्ट्रघात, जनघात र भ्रष्टाचार गर्न मै लिप्त छन । मुखले स्वाधीनता व्यबहारमा पुर्ण आत्मासमर्पण गर्ने लहर नै चलेको छ। भारतीय साम्राज्यवादले असमान सन्धी सम्झौता, सामाजिक, सास्कृतिक, भौगोलिक तथा राजनीतिक हस्तक्षेप तिब्र बनाइरहेको अवस्थामा नेपालका शासकहरु मुख दर्शक बनिरहेका छन ।

नेपालको भुभाग आफ्नो नक्सामा राख्ने जस्तो घृणित कार्य बन्द गर्न र भारतीय नयाँ संसद भवनमा राखीएको नयाँ नक्सा तत्काल सच्याउन चेतावनी दिन चाहन्छौं। साथै यसखालको भारतीय हस्तक्षेप एवं दादागिरीका विरुद्ध देशभक्त, वामपन्थी, लोकतन्त्रवादी, नागरिक समाज, राष्ट्रवादी शक्ती लगायत सम्पुर्ण जनसमुदाय एकीकृत भई संघर्षमा लाग्न हार्दिक अपिल गर्दछौं।
क्रान्तिकारी अभिवादन
विरेन्द्र सी
सेक्रेटरी