दरबार हत्याकाण्डको २२ वर्ष पुराहुंदा पनि रहस्य अझै खुलेन

    बुटवल, जेठ १९ गते । नेपालमा राजदरबार हत्याकाण्ड भएको २२ वर्ष पुरा भएको छ । २०५८ जेठ १९ गते राती दरबार हत्याकाण्ड भएको थियो । जुन घटनाको अवधी आज २२ वर्ष पुरा भएको छ ।

उक्त दरबार हत्याकाण्डमा राजा विरेन्द्र शाहाको वंश नास भएको थियो । २०५८ जेठ १९ गते राति तत्कालीन नारायणहिटी राजदरबारमा भएको पारिवारिक भोजका क्रममा गोली चल्दा राजा वीरेन्द्रसहित उनका १० जनाको परिवारको हत्या भएको दिन हो जेठ १९ गते ।

तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको एकै घटनामा हत्या भएको थियो ।

घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । तत्कालीन राजा वीरेन्द्रको निधन भएपछि अस्पतालमा अचेतावस्थामै रहेका युवराज दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो ।

जेठ २२ मा उनको पनि मृत्यु भएको घोषणा गरिएसँगै वीरेन्द्रका माइला भाइ ज्ञानेन्द्र राजा बनेका थिए । तत्कालीन सभामुख तारानाथ रानाभाट तथा प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय सम्मिलित उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रले नै गोली चलाएको बताए पनि यथार्थ र सर्वसाधारणले चित्त बुझाउने खालको छानविन अझै भएको छैन ।

राजदबार हत्याकाण्ड किन र कसरी भयो भन्नेबारे अझै ख्ल्न सकेको छैन । आमनेपाली नागरिकले राजदबार हत्याकाण्डबारे यथार्त सार्वजनिक गर्न माग गदैृ आएका छन् ।
स्व. राजा विरेन्द्र शाहाको वंश नै नास हुने गरी भएको उक्त हत्याकाण्ड भएपछि थुपै्र सरकार बनेपनि अझैसम्म उक्त घटना कोबाट घटेको थियो भन्ने अझै थाहा छैन ।