नागरिकता विधेयक प्रमाणिकरविरुद्द सर्वोच्चमा रिट

 बुटवल, जेठ १९ गते । प्रमाणीकरण नभएर अलपत्र परेको नागरिकता विधेयक मन्त्रिपरिषदको सिफारीसमा प्रमाणिकरण गर्नु गैरसंवैधानिक भएको दावी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र डा. सुरेन्द्र भण्डारीले पेश गरेको रिट निवेदन सर्वोच्च अदालतमा शुक्रबार दर्ता भएको हो ।

रिट निवेदनमाथि आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने बताईएको छ । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने क्रममा उदृत गरेका संविधानका प्रावधानहरु विधेयक प्रमाणीकरणसंग सम्बन्धित नभएको, गलत संवैधानिक प्रावधान उदृत गरेर संवैधानिक प्रावधानमाथि प्रहार भएको भन्दै रिट निवेदनमा प्रमाणिकरण गरेको विधेयक तत्काल कार्यान्वयन नगर्नु भनी रोक लगाउन माग गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहा प्रचण्ड चार दिने भ्रमण आजु अघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण नभएर अलपत्र परेको विधेयक मन्त्रिपरिषदको सिफारीसमा प्रमाणिकरण गरेका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले उक्त नागरिकता विद्येयक प्रमाणिकरण गर्दिएपछि देशभर बिरोध भैरहेको छ ।