पत्रकार महासंघका केन्द्रीय उपाध्यक्षसहित दाङका अध्यक्षको सदस्यता खारेजीको सिफारिस

हरि बिक
प्यूठान,   जेठ १९ गते ।
नेपाल पत्रकार महासंघ दाङ शाखाले महासंघका केन्द्रीय उपाध्यक्ष उदय जीएम, दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष अजयदीप शर्मा, सञ्चारमन्त्रीका प्रेस सल्लाहकार नरेन्द्र केसी,संसद सचिवायलका प्रेस विज्ञ डील्ली मल्ल, प्रेस चौतारीका केन्द्रीय सदस्य टीका बस्नेत, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डील्ली चौधरीका प्रेस संयोजक गोपाल शर्मा भट्टराई, प्रेस युनियनका लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतम, प्रेस युनियनका उपमहासचिव सुलोचना पोखरेलसहित १ सय ९० जनाको सदस्यता खारेजीको लागि केन्द्रलाई सिफारिस गरेको छ ।

दाङ शाखाले शाखाकै अध्यक्ष र सोही जिल्लाबाट पत्रकार महासंघको उपाध्यक्षमा प्रतिनिधित्व गरेका उदय जीएमको सदस्यतासमेत खारेजीका लागि सिफारिस गरेको छ ।
सुलोचना पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलकी पत्नी हुन् ।

दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीले मापदण्ड पालना गर्दा आफुपनि सुद्विकरणमा परेकाले आफ्नो सदस्यता खारेजीका लागि केन्द्रलाई आफैले सिफारि गर्नुपरेको उनले बताए ।
क्याम्पस पढाउने भएकाले नैतिकताका हिसावले पनि आफुले महासंघको सदस्यता छोड्नु पर्ने अवस्था आएकाले खुशी साथ महासंघको सदस्यता त्यागेको र सुद्विकरण अभियानलाई सफल बनाउन सहयोग गर्ने बताए ।

त्यस्तै नेपाल पत्रकार महासंघका उपाध्यक्ष उदय जीयम कुनै पनि मिडियामा कार्यरत नभएको र कुनै मिडियामा कार्यरत भएको कुनैपनि फाइल नआएकाले सदस्याता खारेजीका लागि केन्द्रलाई सिफारिस गरिएको नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले बताए ।